बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीको दाबी : ‘पार्टी एकीकरणमा विलम्ब हुन सक्छ, तर हुन्छ’

ओलीको दाबी : ‘पार्टी एकीकरणमा विलम्ब हुन सक्छ, तर हुन्छ’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकीकरणको प्रक्रिया पुरा गर्न केही ढिलाई भएपनि एकता भई छाड्ने दाबी गरेका छन्।

पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रधानमन्त्री ओलीले भने,‘हामी पृथकधारका दुईवटा पार्टी एकीकरण हुँदा केही विलम्ब भएको छ। यस महिनाभित्र एकताको काम पुरा हुन्छ।’

पार्टीमा रहेका नेताहरुलाई जिम्मेवारी दिइने ओलीले जानकारी दिए। ‘पहिलेदेखि पार्टीमा रहेका र अब प्रवेश गरेका साथीलाई यथोचित जिम्मोरी दिइने। केही ढिला हुन सक्छ। तर हुन्छ। तपाईहरु ढुक्क हुनुस्।’

देश अहिले विकासको बहसमा रहेको दाबी गर्दै प्रधानमन्त्रीले देश बनाउनका लागि सबैलाई एकतृत हुन आग्रह गरे।

‘तपाईहरुलाई लागेको छ कि हामीलाई ठूलो जिम्मेवारी दिइएन। हामी राष्ट्र निर्माणको कुरा गरिरहेका छौ त्यतीबेला सानो चित्त राख्नु हुँदैन।’ विभिन्न कम्युनिष्ट नेताहरुप्रति लक्षित गरी ओलीले भने,‘यो पार्टीमा सबै अउटाउन सकिन्छ।’

उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीलाई लक्षित गरी ओलीले भने,‘फोरमका सबैलाई आउन आह्वान गर्छु। सबै आउनुस्। फोरमका बाबुराम मात्र होइन सबै नेताहरु आउनुस्।’

ओलीले उपेन्द्र यादवलाई पार्टी एकीकरणका लागि कार्यक्रमबाटै आह्वान गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।