बुधबार, साउन २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विप्लवदेखि बाबुरामलाई पार्टीमा आउन प्रचण्डको आग्रह 

विप्लवदेखि बाबुरामलाई पार्टीमा आउन प्रचण्डको आग्रह 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ देखि समाजवादीका अध्यक्ष डा.बाबुराम भट्टराईलाई पनि पार्टीमा आउन आग्रह गरेका छन्।

शुक्रबार नेकपाको केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले विप्लवले बाटो विराएकोले नेकपामा आउनुपर्ने बताए। अहिले दुई तिहाईको कम्युनिष्ट सरकार भएकोले यसै सरकारलाई सहयोग गर्न विप्लव नेकपामा आउनुपर्ने प्रचण्डले बताए।

यसैगरी, डा.बाबुराम भट्टराईको औचित्य कम्युनिष्ट बाहेकको पार्टीमा नरहेको बताउँदै प्रचण्डले बाबुरामलाई पार्टीमा आउन आग्रह गरे। बाबुरामको बुद्धि प्रयोग गर्ने थलो कम्युनिष्ट पार्टी नै भएको दाबी प्रचण्डले गरे।

यसैगरी, प्रचण्डले आफ्ना राजनीतिक गुरु मोहन बैद्य, मोहन विक्रम सिंह, चित्रबहादुर केसी र नारायणमान विजुक्छेलाई पनि नेकपामा प्रवेश गर्न आग्रह गरे। उनीहरु पार्टीमा प्रवेश गरे ठूलो सम्मान दिइने प्रचण्डले बताए।

केही व्यक्तिहरुले नेपालको शान्ति प्रक्रिया भाड्न खोजेको आरोप पनि प्रचण्डले लगाएका छन्। विश्वकै नमुनाको रुपमा रहेको नेपालको शान्ति प्रक्रिया भाँड्न केही व्यक्ति यूरोपसम्म पुगेको आरोप प्रचण्डको छ।

‘नेपालको शान्ति प्रक्रिया भाडिएको खण्डमा जनतालाई ठूलो क्षति हुनेछ।’ प्रचण्डले भने,‘शान्ति प्रक्रिया पुरा गर्नतर्फ हामी लाग्नु पर्ने हुन्छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।