काठमाडौं- उपप्रधानमन्त्री उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीका नेताहरु लाइन लागेर सत्तारुढ नेकपा प्रवेश गरेका छन्।
नेकपाको केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा समाजवादी पार्टीका सचिवालय सदस्य देवेन्द्र पराजुली र पूर्वमन्त्री कल्पना धमला पार्टी प्रवेश गरेका हुन्।
उनीहरुलाई प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीका लगाइदिएका थिए।
समाजवादीको केन्द्रीय समितिका एक दर्जनसहित सयभन्दा बढी नेता कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका छन्।
संघीय समाजवादी फोरम नेपालसँग एकीकरण गर्नुअघि नेकपामा प्रवेश गर्ने अधिकांश नेताहरु नयाँ शक्ति पार्टीमा थिए। समाजवादी पार्टी र नेकपाबीच एकीकरणको अनौपचारिक छलफल भइरहका बेला समाजवादीका नेताहरु नेकपामा प्रवेश गरेका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४