बुधबार, साउन २७, २०८३

असारे विकासको पराकाष्ठा : रोपेको खेतमै चल्यो डोजर    

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- बजेट फ्रिज हुने अवस्था आएपछि विकास गरेको देखाउन बझाङमा धान रोपेको खेतमाथि नै डोजर चलाइएको छ । 

सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुन बहादुर थापाको निर्वाचन क्षेत्र खप्तड छान्ना गाउँपालिका–६ पाटादेवलको अगासे खेतमा सडक निर्माणका नाममा डोजर चलेको हो । 

स्थानीयको रोपिसकेको र रोप्न ठिक्क पारेको खेतमा करिव तीन÷चार सय मिटरमा डोजर चलेको प्रहरी चौकी छान्नाका ईन्चार्ज प्रहरी नायव निरीक्षक भूवनसिंह बोहोराले जानकारी दिए । 

स्थानीय ईश्वर आग्रीले विकासका नाममा रोपाइँ गरिसकेका खेतमा डोजर चलाएर किसानको पेटमा छुरा प्रहार गरिएको बताए । आकाशे पानीको भरमा नै रोपाइँ हुने ‘अगासे’ जिउलोमा केही समयदेखि टाढाबाट ल्याइएको पाइलाइनको सहायताले रोपाइँ गरिन्थ्यो।’

‘जागासैन हुँदै आउने खानेपानीका पाइपलाइन तथा अगासे सिँचाई कुलोको पाइप समेत पूर्ण रुपले छेदविच्छेद गरी भत्काइएको छ।’ जसले गर्दा सयौं कृषकहरु मर्कामा परेका छन् उनले भने । 

सडक निर्माण उपभोक्ता समितिका उपाध्यक्ष भूमिराज जोशीले सभामुख थापाकै पहलमा डेढ करोड बजेट आएको जानकारी दिए । यो खप्तड रिङरोडको योजना अन्तर्गतको सडक हो जोशीले भने– पहिले नै सर्वे भैसकेकाले यो बर्ष बजेट आएर सडक निर्माणको काम गरेका हौ । रोपेको खेत मास्ने बिषयमा स्थानीयस्तरमा सहमती भएको उनले सुनाए । 

सोही सडक निर्माणका क्रममा डोजरले खानेपानी पाईप र सिचाईको कुलो भत्काएपछि प्रहरी समक्ष उजुरी परेपछि बिहीबार प्रहरीको उपस्थितीमा भत्केको संरचना तत्काल निर्माण गर्ने लिखित सहमति भएको बुझिएको छ । डेढ करोडको योजनालाई टुक्रयाएर फरक फरक उपभोक्ता समितिमार्फत सडक खन्ने काम भैरहेको हो ।

खप्तड छान्ना गाउँपालिका ५ मतुवा बारादेखि ७ गडरायसम्मको सडक खन्ने जिम्मेवारी पाएको लम्तडा–गडराय–थामलेक–रिङ्गरोड बाहिरी चक्रपथ उपभोक्ता समितिले पनि करिब १९ दिनमा सडक खनिसक्ने योजना बनाएको उपभोक्ता समितिले जनाएको छ। 

लम्तडा–गडराय–थामलेक–रिङ्गरोड बाहिरी चक्रपथ उपभोक्ता समितिले जेठ १० गते सम्झौता गरेको समितिका सचिव डण्डीराज जोशीले बताए।

सम्झौता भएपछि आएको बजेट फ्रिज जान नदिनका लागि बिभिन्न प्रक्रिया मिलाएर असार ३ गते मतुवाँको बारादेखि गडरायसम्मको रुटको उद्घाटन गरेको सचिव जोशीले बताए। स्थानीयहरुले भने अनावश्यक रुपमा टाठाबाठाहरुले सडकमा बजेट पोखेर किसानको पसिनामा डोजर चलाएको भन्दै आक्रोस पोखेका छन्।  

किसानले रोपेको खेतमा डोजर चलाएको विषय उपभोक्ता समितिले भने सामान्य रुपमा लिएको छ। लम्तडा–गडराय–थामलेक–रिङ्गरोड बाहिरी चक्रपथ उपभोक्ता समितिका सचिव जोशीले यो त भरखर रोपेको हो, अघिल्लो वर्ष कालुखेती–गडराय सडक खन्ने बेलामा किसानको पाक्नै लागेको बाली समेत नै नस्ट बताए । सडक बनाउँदा यत्तिको त भैहाल्छ नि उनले भने ।
 
गाउपालिका अध्यक्ष बर्कबहादुर रोकायाले भने उक्त सडक खण्डको विषयमा गाउपालिकालाई कुनै जानकारी नभएको बताए । प्रशासनले भने खेतमा चलेको डोजरको चावी  र उपभोक्ता समितिको अध्यक्षलाई नियन्त्रणमा लिन प्रहरी पठाईसकिएको जिल्ला प्रहरी प्रमुख सुर्य बहादुर केसीले जानकारी दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।