बुधबार, साउन २७, २०८३

अझै मुलुक खुला दिसामुक्त भएन : कहाँ के छ अवस्था ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- २०६८ सालदेखि खुल्ला दिशामुक्त अभियान चलाए पनि मुलुकमा अझै ६३ स्थानीय तह खुला दिसामुक्त घोषणा हुन सकेका छैनन् ।   काठमाडौँ र वीरगञ्ज महानगरपालिका समेत खुल्ला दिशामुक्त हुन सकेका छैनन् । 

सरकारले आगामी असोज १३ गतेभित्र मुलुकलाई खुला दिसामुक्त घोषणा गर्ने लक्ष्यका साथ काम गरिरहेको बेला ती स्थानीय तहलाई छिटोभन्दा छिटो आआफ्नो क्षेत्रलाई खुला दिसामुक्त घोषणा गर्न निर्देशन दिएको छ । 

मन्त्रालयका स्थानीय तह समन्वय शाखाका शाखा अधिकृत जनकराज शर्माले खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियानलाई सफल पार्न घोषणा हुन बाँकी रहेका स्थानीय तहलाई घोषणा गर्न निर्देशन दिइएको जानकारी गराए ।    

सरकारले सन् २०१७ सम्ममा मुलुकलाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रम रहे पनि गर्न सकेको थिएन । खुला दिसामुक्त क्षेत्र घोषणा गर्नेमा सबभन्दा अगाडि कर्णाली र सुदूरपश्चिम प्रदेश रहेका छन् । ती प्रदेशका सबै स्थानीय तहले खुला दिसामुक्त क्षेत्र घोषणा गरिसकेको खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले जानकारी दिए । 

सबभन्दा बढी प्रदेश नंं २ का स्थानीय तह खुला दिसामुक्त घोषणा गर्न बाँकी रहेका छन् । प्रदेश नं २ मा ४३ स्थानीय तहले खुला दिसामुक्त क्षेत्र घोषणा गर्न बाँकी रहेको छ । बारामा १४, पर्सामा चार, धनुषा १६, महोत्तरी आठ र सर्लाहीमा एक स्थानीय तह रहेका छन् । 

यस्तै सिन्धुपाञ्चोकमा ११, काठमाडौँमा एक, कपिलवस्तु पाँच, भोजपुर दुई र सोलुखुम्बु एक स्थानीय तह खुला दिसामुक्त क्षेत्र घोषणा गर्न बाँकी रहेका छन् । 

कुन कुन बाँकी

प्रदेश नं १ को भोजपुर जिल्लाको भोजपुर नगरपालिका, षडानन्द नगरपालिका र सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका रहेका छन् । 

यस्तै प्रदेश नं २ को बारा जिल्लाका कलैया नगरपालिका, जीतपुर सिमरा नगरपालिका, कोलहवी नगरपालिका, महागडीमाई नगरपालिका, सिमरौनगड नगरपालिका, पचरौटा नगरपालिका, आदर्श नगरपालिका, यस्तै गाउँपालिकामा कराइयामाई, देभतल, पर्वानीपुर, सुर्वाना, फेता, बारागढी, विसरामपुर रहेका छन् । 

पर्सा जिल्लामा विन्ध्यवासनी गाउँपालिका, धोबिनी गाउँपालिका, बाहुदरमाई नगरपालिका र वीरगञ्ज महानगरपालिका रहेका छन् । 

यसैगरी सर्लाहीमा धनकौल गाउँपालिका रहेको छ । धनुषामा नगरपालिकामा जनकपुर उपमहानगर, क्षिरेश्वर, गनेसमान, धनुषाधाम, नागारेन, बिदेहा, शहीदनगर, सबैला, कमला, हन्सापुर, मिथिला विहारी रहेका छन् । यस्तै गाउँपालिकामा जानकी नन्दिनी, बाटेश्वर, मुखियापाती मुसारनिया लक्ष्मीनियाँ, औराही र धनान्जी रहेका छन् । 

यस्तै महोत्तरी जिल्लाको नगरपालिकामा जलेश्वर, गौलाशा, लोहारपाट्टी, औराही, मातिहानी, भन्गहा रहेका छन् भने गाउँपालिकामा सोनाम र महोत्तरी रहेका छन् । यस्तै सिन्धुपाञ्चोक जिल्लामा खुलामुक्त हुन नसकेका नगरपालिका चौतार सागाचोकगढी, बाह्रबिसे, मेलम्ची र गाउँपालिकामा इन्द्रावती, पञ्चपोखरी, भोटेकोशी, लिसङ्खुपाखर, हेलम्बु, त्रिपुरासुन्दरी  र सुनकोशी रहेका छन् । 

यस्तै प्रदेश नं ५ मा कपिलवस्तु जिल्लाका कृष्णनगर नगरपालिका, कपिलवस्तु नगरपालिका, यशोधरा नगरपालिका, महाराजगञ्ज नगरपालिका र सुद्धोधन गाउँपालिका रहेका छन् । 

सरकारले विसं २०६८ साउनमा मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गर्दै सरसफाइ गुरुयोजनाअन्तर्गत मुलुकलाई खुला दिसामुक्त बनाउने अभियान सञ्चालन गरेको थियो । उक्त गुरुयोजना सञ्चालन गर्दा ४३ प्रतिशत घरधुरी चर्पीको पहुँच रहेकोमा अहिलेसम्म ९९.५ प्रतिशत पुगेको मन्त्रालयका सचिव शर्माले जानकारी दिए । 

मन्त्रालयका सचिव शर्माले अहिले करीब दुई हजार ५०० चर्पीको निर्माण र प्रयोगको प्रवद्र्धन गरेमा मुलुकलाई छिट्टै खुलामुक्त नेपाल बनाउन सकिने बताए । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।