चितवन- मुग्लिनबाट काठमाडौँ जाँदै गरेकाे इँटा बोकेको ट्रक त्रिशूली नदीमा खस्दा दुई जनाको मृत्यु भएको छ ।
शुक्रबार (आज) बिहान ५ः४५ बजे ना ७ ख ६७६५ नम्बरको इँटा बोकेको ट्रक पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ चुम्लिङटार नजिकैबाट त्रिशूली नदीमा खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । एक जना घाइते भएका छन् । घाइतेको उद्धार गरी उपचारका लागि भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परी ज्यान गुमाउनेमा चालक बालकृष्ण यादव र ट्रकका धनी रवीकान्त यादव रहेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४