नेपाली समाजमा हल्का पेय पदार्थ, मदिरा र वाइन सेवन गर्ने चलन बढेको छ। विगतमा भन्दा घरेलु मदिराको खपत पनि बढेको छ। मदिरा उद्योगमा मुलुकमा वार्षिक ४ अर्ब लगानी छ। यसबाट उत्पादित मदिराले करिब ५० प्रतिशत माग पूरा गरेको छ। देशमा करिब दुई दर्जन भन्दा बढी मदिरा उद्योग सञ्चालनमा छन्। यस्तै उद्योगमध्ये संकटा वाइन एन्ड बेभरेज प्रालि पनि एक हो। यो उद्योगले विगत तीन वर्षदेखि क्यानभास नामक वाइन उत्पादन गर्दै आएको छ। नेपालको मदिरा उद्योगको अवस्था, संकटाको उत्पादन गुणस्तर आदिका विषयमा आधारित रहेर संकटा वाइनका बजार प्रबन्धक हरि बाँस्तोलासँग नेपाल समयका लागि प्रबिता श्रेष्ठले गरेको कुराकानी :
वाइन उत्पादनमा कसरी लाग्नुभयो ?
यस क्षेत्रमा करिब एक दशकको अनुभवले हामीलाई स्वदेशी वाइन उत्पादनमा लाग्ने सोच बन्यो। गुणस्तरीय पेयका लागि क्यानभास वाइनको उत्पादन सुरु गरेका हौं। उत्पादनको छोटो अवधिमै क्यान्भासले राम्रो बजार लिएको छ।
कति वर्षको भयो कम्पनी सुरु गरेको ?
संकटा वाइन एन्ड बेभरेज प्रालि सुरु भएको ३ वर्ष भयो। एक वर्ष आन्तरिक कार्यमै लाग्यो। क्यान्भास वाइन बजारमा उपभोक्तामाझ आएको चाहिँ २ वर्ष भएको छ।
उपभोक्ताले क्यानभास वाइन नै किन रोज्ने ?
छोटो समयमा उपभोक्ताले रुचाएको ब्रान्डमा पर्छ क्यानभास। गुणस्तरअनुसारको मूल्य भएकाले उपभोक्ता आकर्षित भएका हुन्। नेपालमा वाइन पिउने धेरै छन्। तर अझै पनि धेरैलाई यो केबाट बन्छ ? भन्ने छ। अंगुरलाई कुहाएर बनाएको झोल पदार्थ नै वाइन हो। क्यान्भास वाइन पनि अंगुरबाट बनेको छ। त्यसैले यो एक विशुद्ध र उच्च गुणस्तरको वाइन हो। हामीले क्यानभासलाई अन्तर्राष्ट्रिय स्तरको बनाएका छौं। यस कारण पनि उपभोक्ताले क्यानभास एकपल्ट चाख्नैपर्छ।
वाइन पिउने प्रचलन बढेको हो ?
देशका प्रमुख सहरमा वाइन ‘सोसल ड्रिङ्क्स’ नै भइसकेको छ। कुनै पनि समारोहमा ‘हार्ड ड्रिङ्क्स’ नराखिएला तर वाइन हुने गरेको छ। विशेषतः महिला वर्गमा अझ बढी लोकप्रिय छ वाइन। हाम्रो उत्पादन आमाबुबा, दाजुभाइ, दिदीबहिनीसँगै बसेर पिउनयोग्य छ। स्वास्थ्यका हिसाबले पनि अन्य हार्ड ड्रिङ्क्स भन्दा स्वस्थकर छ।
दुई वर्ष अवधिमा क्यानभासको बजार पहुँच कति पुग्यो ?
हामीले मुलुकको ७५ प्रतिशत बजारमा पहुँच पुर्याएका छौं। पश्चिम नेपालमा भने हामी पुग्नै बाँकी छ।
उपभोक्ताको प्रतिक्रिया कस्तो छ ?
प्रतिक्रिया सकारात्मक छ। उपभोक्ता सन्तुष्ट छन्। हामीले उपभोक्ताको सन्तुष्टिलाई हौसलाका रूपमा लिएका छौं। साथै उत्पादनलाई थप गुणस्तरीय र सर्वसुलभ गराउन प्रयासरत छौं।
आगामी १० वर्षपछि हामीले क्यानभासलाई कस्तो अवस्थामा देख्छौं होला ?
यस्तो त भनी नहालौं। हामीले विभिन्न देशका लागि रिसर्च गरिरहेका छौं। सबै कुरा हामीले भनेजस्तो मात्र हुँदैन। देशको नीतिनियम र ती देशका सरकारको नीति अध्ययन गरिरहेका छौँ। त्यसपछि उत्पादन र बजार विस्तार गर्दै जानेछौं। १० वर्षमा एउटा प्रतिष्ठित कम्पनीका रूपमा स्थापित हुने योजना छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...