काठमाडौं - नेत्रविक्रम चन्द विप्लव नेतृत्वका एक कार्यकर्ता एसएलआरसहित पक्राउ परेका छन्। ओखलढुंगाको चिशखुगढी गाउँपालिका–७ का निम दोर्जी तामाङलाई प्रहरीले एसएलआर राइफल एकथान र त्यसमा प्रयोग हुने गोली ६९ राउण्ड गोलीसहित पक्राउ गरेको हो।
गत सोमबार संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवा खोलामा पर्ने होङ्ला भन्ने स्थानमा प्रहरी र चन्द समूहका कार्यकर्ताबीच दोहोरो भिडन्तपछिलुकेर बसेकादोर्जीलाई पक्राउ गरिएको संखुवासभा प्रहरीले जनाएको छ। गत सोमबार सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पर्ने होङ्ला भन्ने स्थानमा प्रहरी र चन्द कार्यकर्ताबीच भिडन्त भएको थियो। पक्राउ परेका तामाङमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४