मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लुकेर यात्रा गरिरहेका व्यक्ति विमानबाट भुईँमा खसेपछि...

लुकेर यात्रा गरिरहेका व्यक्ति विमानबाट भुईँमा खसेपछि...

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- दक्षिण पूर्वी लण्डनमा जोन बालडक घाम तापिरहेका थिए। त्यहीबेला अचानक उनको नजिकै निकै ठूलो आवाजमा एउटा मान्छेको शव बजारियो। घाम तापिरहेका जोन आफू भन्दा ३ फिटमात्रै टाढा एउटा शब बजारिँदा तर्सिए। त्यो शव ठूलो आवाजमा भुईँमा बजारिँदा भुईँ नै थर्किएको थियो।

त्यो शव केन्या एयरवेजको विमानबाट खसेको थियो। यो घटना आइतबारको हो। शवको सनाखत हुन सकेको छैन। जहाजबाट खसेका यात्रु सम्भवत जहाजको ल्याण्डिङ गियर कम्पार्टमेन्टमा लुकेर यात्रा गरिरहेका यात्रु हुन सक्ने अनुमान गरिएको छ।

जहाजबाट शव खसेको ठाउँका एक बासिन्दाले भनेका छन्, ‘मेरा छिमेकीले बगैँचामा बसेर घाम तापिरहेका थिए। त्यसैबेला शव उनको एक मिटरको दूरीमा खस्यो। चमत्कार यो भयो कि अरु कोहीलाई असर पुगेन।’

लण्डनको महानगरीय प्रहरीले सोमबार ट्वीट गर्दै जहाजबाट खसेका यात्रुलाई पहिचानको प्रयास भइरहेको जनाएको छ। ती यात्रु केन्याको नैरोबीबाट केन्या एयरवेजको फ्लाईट केक्यु १०० मा सवार थिए। त्यसरी भुईँमा बजारिएको शव पुरै क्षेतविक्षत भएको छ। जसका कारण उनको पहिचान गर्न मुस्किल भएको जनाइएको छ।

प्रहरीका अनुसार विमानको ल्याण्डिङ गेयर कम्पार्टमेन्टमा एउटा झोला, पानी र केही खाना भेटिएको छ। केन्या एयरवेजले पनि घटनाको छानबिन गरिरहेको छ।

यसरी जहाजको ल्याण्डिङ गेयर कम्पार्टमेन्टमा लुकेर यात्रा गरेका घटना पहिले पनि सार्वजनिक भएका थिए। तर यसरी यात्रा गर्नेहरु कोही चिसोका कारण र कोही खसेर मर्ने गरेको अधिकारीहरु बताउँछन्।

सन् २०१२ मा अंगोलाबाट गइरहेको ब्रिटिस एयरवेजको जहाजबाट खस्दा जोस मातादा नामका एज व्यक्तिको मृत्यु भएको थियो।

त्यस्तै सन् २०१५ मा जोहानेसबर्गबाट लण्डन जाँदै गरेको ब्रिटिस एयरवेजको अर्को जहाजमा पनि त्यस्तै घटना भएको थियो। त्यतिबेला लुकेर यात्रा गरिरहेका एक व्यक्ति साउथवेस्ट लण्डनको रिचमण्डस्थित एक पसलको छतमा खसेका थिए।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।