काठमाडौं - सरकारले प्रतिवन्ध लगाएको दिनभन्दा अघि प्रतितपत्र (एलसी) खोलेका तथा भन्सार नाकामा आएर अड्किएको इनर्जी ड्रिङ्स तथा जुसलाई आयात गर्न दिने भएको छ।
सरकारले आन्तरिक उत्पादनलाई नै बढावा दिने भन्दै असारको पहिलो सातादेखि इनर्जी ड्रिङ्स तथा जुसलाई आयातमा प्रतिवन्ध लगाएको थियो। तर, आयातमा प्रतिबन्ध लगाए पनि प्रक्रियामा रहेका वस्तु भने ल्याउन दिईने अर्थ सचिव डा. राजन खनालले नेपाल चेम्वर अफ कमर्सले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिए।
उनले ति ड्रिङ्स तथा जुसहरु नेपाल भित्र्याउन दिनका लागि उद्योग मन्त्री, अर्थमन्त्री र सचिवहरु सहितको टोलीले पहल गरिरहेको र केही दिनभित्रमा नै त्यस्ता ड्रिङ्सहरु नेपाल भित्र्याइने जानकारी दिए।
सरकारले आयातमा रोक लगाउँदा व्यवसायीहरुले एलसी खोलेका सामान ल्याउन नपाउँदा करोडौं रकम डुब्ने भन्दै नेपाल समुन्द्रपार निकासी पैठारी संघ तथा अन्य व्यवसायीले त्यसलाई खुलाउन दबाब दिँदै आएका छन्।
खनालले आयातित ड्रिङ्सबाट मानव स्वास्थमा असर पर्नुका साथै व्यापार घाटा उच्च रुपमा बढाएकाले आयातमा पूर्ण प्रतिवन्ध लगाएको स्पष्ट पारे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४