अर्घाखाँची : अर्घाखाँचीको सुपाखोलामा जिप खस्दा तीनजनाको मृत्यु भएको छ भने केही गम्भीर घाइते भएका छन्।
स्थानीय प्रहरीका अनुसार लु १ ज १३२९ नम्बरको जिप कपिलवस्तुको कृष्णनगरबाट सन्धिखर्क जाँदै गर्दा बिहीबार बिहान दुर्घटनामा परेको हो। केही घाइतेको अवस्था गम्भीर रहेको जनाइएको छ। प्रहरी तथा स्थानीयबाट उद्धारको काम भइरहेको छ। मृतकहरुको पहिचान हालसम्म खुल्न सकेको छैन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४