मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • छोरालाई विदेश पठाउने चक्करमा झन्डै बेचिएन बाबुको किड्नी

छोरालाई विदेश पठाउने चक्करमा झन्डै बेचिएन बाबुको किड्नी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- मानव तस्कर र ठगिनेको व्यथा फिल्मको कहानीभन्दा कम दर्दनाक छैन । वैदेशिक रोजगारीमा हिँडेका एक युवक दिल्लीमा पुगेर अलपत्र परे।

उनको २० लाख रुपैयाँ दलालले खाइदियो भने उनलाई दिल्ली छाड्न गएका बुबा र मामा बल्लबल्ल बचेर नेपाल फर्किएका छन्।

लमजुङका श्याम (नाम परिवर्तन) क्यानडाको इलेक्ट्रोनिक ट्राभल्स अथोराइजेसन (इटिए) भिसाको प्रलोभनमा परे । २० लाख रुपैयाँ दिएमा क्यानडा जान पाइने भएपछि उनी त्यसको तयारीमा जुटे । उनको रकम दलालले खाइदिएपछि अहिले परिवार बिचल्लीमा परेको छ ।

यस्तो छ घटना

लमजुङका श्याम वैदेशिक रोजगारीको खोजीमा काठमाडौँका म्यानपावर धाउँदै थिए। उनको भेट नुवाकोट मेघाङ-५ का योगेश सापकोटासँग भयो । २६ वर्षीय योगेश वैदेशिक रोजगारीका नाममा ठग्ने र ठूलै रकम हातपार्ने दाउमा थिए । 

श्याम पनि विदेश जान पाए बरु खर्च पनि गर्ने र मनग्गे पैसा कमाउने योजनामा थिए । म्यानपावरबाट बाहिर निस्केर दुवै जनाले चिसो पिए । योगेशले श्यामलाई आफ्नो काका क्यानडामा रहेको र तुरुन्त भिसा पठाइदिने आश्वासन दिए । खाडीको रोजगारी खोजेका श्याम क्यानडा जान पाउने भएपछि प्रलोभनमा परे र दुवैजना दिल्ली उडे ।

दिल्ली पुगेका श्यामले क्यानडा जान २२ हजार अमेरिकी डलर चाहियो भन्दै घरमा रहेका बुबामामालाई फोन गर्न थाले । श्यामको जिद्दीपछि २२ हजार अमेरिकी डलर बराबरको रकम बोकेर दुवै जना दिल्ली उडे ।

दलालले बाबु र मामालाई गुडगाउँस्थित एउटा होटल राखे । होटलमा रहेका मानव तस्करले श्यामका बुबा र मामालाई नसालु पदार्थ चियामा घोलेर खुवाए । दुवै जना बेहोस भए । छोरालाई क्यानडा उडाउन भन्दै लगेको करिब २० लाख लुटियो र दुई दिनपछि होसमा आउँदा उनीहरु अस्पतालमा थिए ।

श्यामले नसालु पदार्थबाट नाजुक अवस्थाका पुगेका बाबा र मामालाई बल्लतल्ल नेपाल फिर्ता ल्याए । मानव बेचबिखन ब्युरोका अनुसार श्यामको बुबा र मामाको साथमा रहेको नगद लुट्ने र तिनै जनाको मिर्गौलासमेत निकाल्ने योजना थियो । तर होटलमा धेरै मानिसको आवतजावत भएपछि तस्करहरू उनीहरुलाई बेहोस  छाडेर भागेका थिए ।

मानव तस्करीको सेटिङ मिलाउने योगेश सापकोटा गत बुधबार बनेपाबाट पक्राउ परेका छन् । मानव बेचबिखन ब्युरोका एसपी अनुपमशमशेर जबराका अनुसार क्यानडामा रहेका भनिएका श्यामका नक्कली काकाले इन्डोनिसियाबाट फोन गरेको खुलेको छ ।

श्यामले आफू निर्दोष भएको भन्दै बयान फेरेका छन् । प्रहरीले पछिल्लो समय मानव तस्करको ट्रान्जिट भारत भएको भन्दै निगरानी बढाएको छ । श्यामको उजुरीका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोले घटनाबारे अनुसन्धान थालेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।