मंगलबार, साउन २६, २०८३

बुटवलमा स्कुटर दुर्घटनामा परी युवकको मृत्यु 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

रुपन्देही- बुटवलमा स्कुटर दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवलको वडा नं २ पाखापानीमा बिहीबार बिहानै भएको सडक दुर्घटनामा सैनामैना–४ शान्तिटोलका २८ वर्षीय अजित सलामी थापाको मृत्यु भएको हो ।
 
दुर्घटनामा परी दुई जना घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामप्रकाश शाहले जानकारी दिए ।

दुर्घटनामा स्कुटर पछाडि सवार सैनामैना–३ बस्ने सञ्जय पटेल र विक्रम थारू घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको शाहले बताए । 

पश्चिमबाट बुटवल आउँदै गरेको लु१च १५८८ नम्बरको कारमा विपरीत दिशाबाट जाँदै गरेको लु३६प ४३१४ नम्बरको स्कुटर ठक्कर खाँदा दुर्घटना भएको हो । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।