मंगलबार, साउन २६, २०८३

डकैत गर्न गएका डाका स्थानीयको फन्दामा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- महोत्तरीको बर्दिवासमा डकैत गर्न गएका एकजना डाकालाई स्थानीयले नियन्त्रमा लिएका छन् । 

बर्दिवास नगरपालिका–७ बस्ने रामसुनर महतो र वडा नम्बर  ६ का चन्देश्वर महतोको घरमा लुटपाट गर्न आएका डाकाहरुको समूह मध्ये एकजनालाई स्थानीयले पक्राउ गरेका हुन् ।
 
पक्राउ पर्नेमा सर्लाही चन्द्रपुर नगरपालिका बस्ने ४० वर्षीय देवनारायण कापड रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । डाका गरेर भाग्दै गरेको अवस्थामा स्थानीयले कापडलाई बडहडी खोला नजिक पक्राउ गरेका हुन् । 

स्थानीयको कुटपिटबाट कापड गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । 

यसैगरी डाकाहरुको कुटपिटबाट चन्देश्वरकी श्रीमती जयवती देवी र २७ वर्षीय  छोरा उमेश महतो घाइते भएका छन् । 

घाइते सबैजनाको उपचार बर्दिवासस्थित एक निजी अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

बुधबार राती ६–७ जनाको समूहमा आएका डाकाहरूको समूहले लुटपाट गरि रामसुनर र चन्देश्वरको घरगरी दुई लाख नगद, सुनचाँदीका गरगहना, ल्यापटप, मोबाइललगायतका सरसमान लुटपाट गरेको  छ । 

डाका समूह मध्ये एकजना पक्राउ परेपनि अन्य फरार भएका छन्।  लुटपाटमा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।