एजेन्सी- घरेलु मैदानमा आयोजना भएको कोपा अमेरिकाको उपाधिका लागि ब्राजिलले आफ्नो प्रतिद्वन्द्वीको रुपमा पेरुलाई पाएको छ ।
बिहिबार बिहान भएको खेलमा पेरुले चिलीलाई २-० गोलले पराजित गरेपछि ब्राजिलले उपाधि भिडन्तमा पेरुलाई पाएको हो ।
पेरुको जितका लागि एडिसन फ्लोरेज, योशिमार योतुन र पाओलो गुएरेरोले एक एक गोल गरे । खेलको २१ औं मिनेटमा एडिसनले गोल गर्दै पेरुलाई अग्रता दिलाए । उनले आन्द्रे कारिल्लोको पासमा गोल गरेक हुन् ।

त्यस्तै २८ औं मिनेटमा योतुनले गोल गर्दै पेरुको अग्रता दोब्बर पोरे । उनका लागि पनि कारिल्लोले नै साप उपलब्ध गरेका थिए । यससँगै पहिलो हाफमा २-० ले अग्रता लिएको पेरुले दोस्रो हाफमा थप एक गोल गर्यो । पाओलोले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै पेरुलाई ३-० को जिल दिलाए ।
खेलमा पेरुमाथी बारम्बार दबाब सृजना गरेको चिलीले गोल गर्न भने सकेन् । चिलीले अधिकांस समय पेरुलाई दबाबमा राखेको थियो । यस पराजयसँगै चिली प्रतियोगिताबाट बाहिरिएको छ । अब पेरुले उपाधिका लागि ब्रजिलसँग ७ जुलाईमा खेल्ने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४