एजेन्सी- आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा आयोजक टोली इंग्ल्यान्ड न्युजिल्यान्डलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको लिग चरणको आफ्नो अन्तिम खेलमा न्युजिल्याण्डलाई ११९ रनले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको हो ।
इंग्ल्यान्डले दिएको ३ सय ६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४५ ओभरमा सबे विकेट गुमाउँदै मात्र १८६ रन बनाउन सक्यो । न्युजिल्याण्डका लागि टम लाथमले ५७ रनको अर्धशतकीय पारी खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । उनले ६५ बलमा ५ चौका सहित ५७ रन जोडेका हुन् ।
त्यस्तै रोस टेलरले २८, कप्तान केन विलियम्सनले २७, जेम्स नीशामले १९ र मिचेल सान्टनरले १२ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । न्युजिल्याण्डलाई सस्तैमा समेट्न मार्क वुडले ३ विकेट लिए । त्यस्तै क्रिस वोक्स, जोफ्रा आर्चर, लिएम प्लुकेनट, अदिल राशिद र बेन स्टोक्सले एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिलले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गथुमाउँदै ३ सय ५ रन जोडेको थियो । उत्कृष्ट सुरुवात गरेको इंग्ल्यान्डका लागि बेयरस्टोले १०६ रनको शतकीय पारी खेलेका हुन् । उनले ९९ बलमा १५ चौका र १ छक्का प्रहार गर्दै शतकीय पारी खेले ।
बेयरस्टोले पहिलो विकेटका लागि अर्का ओपनर जसोन रोयसँग १२३ रनको साझेदारी गरेका थिए । १९ औं ओभरमा रोय ६० रनको अर्धशतमकीय पारी खेल्दै पेभिलियन फर्किए । उनले ६१ ब्लमा ८ चौका प्रहार गर्दै ६० रन जोडे ।
कप्तान इओन मोर्गनले ४२ रन जोडे । उनले ४० बलमा ५ चौका प्रहार गर्दै ४२ रन जोडकाम हुन् । त्यस्तै दोस्रो विकेटको रुपमा जोइ रुट २४ र लियम प्लुङ्केट १६ रनमा पेभिलिएन फर्किए । त्यसपछि जोस बुट्लर र बेन स्टोक्सले ११-११ रन जोडे । एदील राशिद १५ रनमा अविजित रहे ।
न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्ट, म्याट हेन्री र जेम्स नीशामले दुई दुई विकेट लिए । त्यस्तै मिचेल सान्टनर र टिम साउथीले एक एक विकेट लिए ।
जितसंगै इंग्ल्यान्डले ९ खेलबाट १२ अंक जोड्दै विश्वकपको सेमिफाइनल पुग्ने तस्रो टोली बनेको छ । आफ्नो अन्तिम लिग खेलमा पराजित भएपनि न्युजिल्यान्डको सेमिफाइनल पुग्ने सम्भावना कायम रहेको छ । न्युजिल्याण्डको ९ खेलबाट ११ अंक रहेको छ । अब पाकिस्तान र बंगलादेशबीचको खेलले सेमिफाइनल पुग्ने अन्तिम टोलीको तय हुनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४