मंगलबार, साउन २६, २०८३

हत्या मुद्दामा महन्त बैकुण्ठलाई १२ वर्ष जेल सजाय

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- जनकपुरस्थित रत्नसागर मन्दिरका महन्त बैकुण्ठ दासलाई हत्यासम्बन्धी मुद्दामा उच्च अदालत जनकपुरले १२ वर्ष जेल सजाय सुनाएको छ। 

जिल्ला शिक्षा कार्यालय महोत्तरीका तत्कालीन शाखा अधिकृत लाल झाको हत्यासम्बन्धी मुद्दामा अदालतले बुधबार यस्तो सजाय सुनाएको हो।

उच्च अदालतका मुख्य न्यायाधीश हरिकुमार पोखरेल र न्यायाधीश बालकृष्ण उप्रेतीको संयुक्त इजलासले बुधबार जिल्ला अदालतको फैसला पल्टाउँदै महन्त दासलाई १२ वर्षको जेल सजाय सुनाएको हो।

जनकपुरधाम–८ स्थित आफ्नो घरबाट मोटरसाइकलमा जलेश्वरका लागि हिँडेका झाको २०६७ कार्तिक ११  गते घर नजिकै गोली प्रहार गरी हत्या भएको थियो।

उच्च अदालतले घटनाका योजनाकार महन्त दास रहेको ठहर गरेको पीडितका तर्फबाट बहस गरेका अधिवक्ता विमल मिश्रले जानकारी दिए।

यसअघि जिल्ला अदालत धनुषाका ओमकार उपाध्यायको इजलासले घटनामा संलग्न भनिएका शिवकुमार ठाकुर, सुनिलकुमार अधिकारी र राकेश पाण्डेयलाई जन्मकैदको फैसला सुनाएको थियो भने महन्त दासलाई सफाइ दिएको थियो। उच्च अदालतले शिवकुमार, सुनिल र राकेशको हकमा भने जिल्ला अदालतको फैसलालाई सदर गरेको छ।

केही दिनअघिमात्र किर्ते जालजासी गरी मठमन्दिरको जग्गा बेचबिखन गरेको मुद्दामा उच्च अदालत जनकपुरले दासलाई पुर्पक्षका लागि हिरासतमा राख्न आदेश दिएको थियो। उच्च अदालतको यस्तो आदेश आएसँगै उनी फरार छन्। हत्यासम्बन्धी मुद्दामा उच्च अदालतले सुनाएको फैसलालाई चुनौती दिन दास पुर्पक्षको लागि थुनामा बस्नै पर्ने अधिवक्ता मिश्रले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।