काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार विरुद्ध नेकपा मालेसहित ८ राजनीतिक दलले आन्दोलनको घोषणा गरेको छ। बुधबार संयुक्त पत्रकार सम्मेलन गरी उनीहरुले ओली सरकार विरुद्ध आन्दोलनको घोषणा गरेको हो।
ओली सरकार राष्ट्रवादको नाममा भ्रष्टाचार र अधिनायकबाद लागेको भन्दै उनीहरुले पहिलो चरणको आन्दोलन घोषणा गरेका हुन्।
पहिलो चरणको कार्यक्रमअनुसार असार २० गते न्युरोडदेखि रत्नपार्कसम्म जुलुस निकाल्ने तयारी गरिएको छ। ओली सरकारले नेपालको पहिचान, धर्म, संस्कृति र राष्ट्रियता कमजोर पार्ने प्रयास गरेको, भ्रष्टचार नियन्त्रण गर्न नसकेको, संघीयताको मोडल प्रतिकुल बनाएको भन्दै १८ बुँदे मागसहित उनीहरुले आन्दोलनको घोषणा गरेका हुन्।
पत्रकार सम्मेलनमा नेकपा मालेका अध्यक्ष सीपी मैनालीले सरकारले ठूल्ठूला कुरा मात्रै गरेको तर देशको हितमा काम नगरकाले आन्दोलन गर्नु परेको बताए। ओली सरकार उखान टक्कामै सिमित भएको आरोप लगाउँदै मौनालीले सत्ताबाट ढोंगी कम्युनिष्टलाई फालिने दाबी गरे।
आन्दोलनको घोषणा गर्नेमा नेकपा माले, नेपाल कांग्रेस (बीपी), जनसमाजवादी पार्टी नेपाल, नेपाल समाजवादी कांग्रेस, राष्ट्रिय लोकतान्त्रिक मञ्च, ३३ दलीय मोर्चा, जनमोर्चा नेपाल र जनताको प्रजातान्त्रिक पार्टी रहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४