मंगलबार, साउन २६, २०८३

अध्यक्ष पक्राउको बिरोधमा अत्तरीया बजार बन्द 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी - प्रहरीले पत्रकार सम्मेलनबाटै अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष सहितका तीनजनालाई पक्राउ गरेको विरोधमा व्यापारीहरुले बजार बन्द गराएका छन्। 

उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटा, सदस्य विपिन साउँद र व्यापारी दिनेश विष्टलाई प्रहरीले पत्रकार सम्मेलनका क्रममा बुधबार बिहान पक्राउ गरेपछि व्यापारीहरुले अत्तरिया बजार बन्द गरेका हुन्।

अत्तरियाका सम्पूर्ण व्यापारी, व्यवसायीहरुको साझा समस्यालाई नगरपालिकाको नगरसभामा राख्न नपाएको विषयमा विरोध गर्दा मुद्दा लगाएर पक्राउ गर्नु गलत भएको भन्दै अत्तरियाका व्यापारीहरुले स्वस्फुर्त रुपमा पसल बन्द गरेका अत्तरिया उद्योग वाणिज्य संघका महासचिव यज्ञराज जोशीले जानकारी दिए।

प्रहरीले सार्वजनिक हित विरुद्धको कसुर अन्तरगत गोदावरी नगरपालिकाले दर्ता गरेको मुद्दामा उनीहरुलाई पक्राउ गरेको हो। नगरपालिकाले अध्यक्ष देवकोटा सहितका ८ जना व्यापारी विरुद्ध मुद्दा दर्ता गरेको थियो। गत असार १० गते नगरसभामा उद्योग वाणिज्य संघलाई शुभकामना मन्तव्य सहित मागहरु राख्न नदिएपछि केही व्यापारीले विरोध जनाएका थिए।

नेकपा स्थायी कमिटी सदस्य लेखराज भट्ट सहभागी नगरसभामा अवरोध सिर्जना गरेको भन्दै नगरपालिकाले उद्योग वाणिज्य संघका पदाधिकारी सहित केही व्यापारी विरुद्ध मुद्दा दर्ता गरेको थियो। 

उद्योग वाणिज्य संघले सोही विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न अत्तरियास्थित कार्यालयमै पत्रकार सम्मेलन गरेको थियो। सोही क्रममा ईलाका प्रहरी कार्यालय मालाखेतीले उनीहरुलाई बिहान पक्राउ गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।