मंगलबार, साउन २६, २०८३

कांग्रेस अध्यक्ष राहुल गान्धीले दिए राजीनामा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार राजीनामा दिएको पत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। हालै सम्पन्न लोक सभा निर्वाचनमा कांग्रेसको पराजयलाई लिएर उनी राजीनामा दिने निर्णयमा पुगेका थिए। 

चार पेजको राजीनामा पत्र सार्वजनिक गर्दै गान्धीले हारको जिम्मेवारी आफूले लिएका छन्। उनले बलियो पार्टी निर्माणका लागि सबैमा जवाफदेहिता आवश्यक भएको बताएका छन्। कांग्रेस पार्टीको इतिहास शानदार रहेको बताउँदै गान्धीले पार्टीले निर्भिक, सत्यनिष्ठ र पार्टीलाई अगाडि बढाउन सक्ने नेतृत्वको चयन गर्ने बताए। 

उनले भाजपाप्रति आफ्नो कुनै दुष्मनी नरहेको बताए। उनले भने 'मेरो भाजपाप्रति कुनै रिस छैन। तर उनीहरुको राजनीतिक शैलिप्रति भने घृणा छ। उनीहरुले जस्तो भारतको कल्पना गर्छन् म त्यसको विपरित छुँ। यो कुनै लडाइँ हैन। यो हजारौं वर्षदेखि चलिआएको छ। उनीहरुले जहाँ विरोध देख्छन् म त्यहीँ समानता भेट्छु। उनीहरुले जहाँ घृणा भेट्छन् म त्यहीँ माया भेट्छु।'
 
पार्टीको पराजयपछि यसअघि नै गान्धीले पदबाट राजीनामा दिएको बताएका थिए। तर पार्टी सम्बद्ध नेताहरुले उनलाई अध्यक्ष पद नछोड्न सुझाव दिँदै आएका थिए। गान्धीले भने उक्त पदमा गान्धी परिवार वाहेककोलाई अध्यक्ष बनाउनुपर्ने धारणा राख्दै आएका छन्। बुधबारको उनको राजीनामा पत्रसँगै अध्यक्ष को बन्ने भन्ने विषयमा चर्चा सुरु भएको छ। 

सम्भावित अध्यक्षको सूचिमा वरिष्ठ कांग्रेस नेता मोतीलाल वोरा, सुशील कुमार शिंदे, अशोक गहलोत रहेका छन्। यसमध्ये मोतीलालको सम्भावना अरुको भन्दा बढी रहेका भारतीय सञ्चार माध्ययमले अनुमान गरेका छन्।

Image
Image
Image
Image
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।