मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीलाई डायरिया हुँदा प्रचण्डको अनुहार अध्याँरो 

प्रधानमन्त्रीलाई डायरिया हुँदा प्रचण्डको अनुहार अध्याँरो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौँ- नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुधबार बिहान बालुवाटार छिर्दा अनुहारमा बेग्लै चमक थियो। तर फर्किँदा त्यो चमक कायम रहेन।

उत्साही भएर बालुवाटार छिरेका प्रचण्ड निन्याउँरो अनुहार पारेर फिर्ता भए। यसको एउटै कारण थियो प्रधानमन्त्री केपी शर्मा ओलीको कमजोर स्वास्थ्य र निजी व्यस्तता। 

पार्टी एकीकरणका सबै काम टुंगो लगाउन बुधबार बिहान निर्णायक छलफलका लागि बालुवटार छिरेका प्रचण्ड  ओलीलाई डायरिया भएपछि  शीघ्र स्वास्थ्यलाभको कामना गरेर फर्किए। पछिल्लो समय प्रचण्ड र ओलीबीच न्यानो सम्वाद हुन नसकिरहेको अवस्थामा बुधबारको भेटलाई पार्टी पंक्तिमा महत्वका साथ लिइएको थियो। 
 
लामो समयदेखि अड्किएको  पार्टीको एकीकरण  पोलिटब्युरोको गठन, नेताहरुको कार्यबिभाजन र  राजनीतिक प्रतिवेदन छलफल गर्न प्रचण्ड बालुटार पुगेका थिए।  ओलीले आफुलाई ‘डायरिया’भएको र लामो छलफल गर्न नसकिने बताएपछि कुनै छलफलनै नगरी प्रचण्ड फर्किएका थिए। 

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले दाहालसँग विस्तारामै केहीबेर छलफल गरेका थिए। त्यही बीचमा स्वास्थ्यमा गडबड भएपछि  अब भोलि फेरि बसौँला भन्दै दाहाललाई बिदा गरेका थिए।

ओली बिरामी परेपछि  सांगठनिक एकीकरण लगायतका काम झनै पर धकेलिएको छ। गत वर्षको जेठ ३ मा पार्टी एकीकरण भएपछि शपथग्रहणका लागि एक पल्ट बसेको केन्द्रीय समितिको बैठक फेरि बसेको छैन। ४ सय ४१ सदस्य केन्द्रीय सदस्यहरु अहिले सम्म जिम्मेवारबिहीन छन्।  

त्यसैगरी एक बर्षको बीचमा स्थायी समितिको बैठक दुई पटक मात्र बसेको छ। पार्टीको बिधान अनुसार केन्दीय समितिको बैठक  ६ महिनामा एकपट ,स्थायी समितिको बैठक तीन महिनामा एक पटक बस्ने व्यवस्था  छ।सो पार्टीको नौ सदस्य सचिवालयमा समेत प्रधानन्त्री ओलीसंग प्रचण्डले साथ दिदा झिनो बहुमत छ। सरकारको कार्यशैलीलाई लिएर पार्टी भित्र चर्को आलोचना भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।