मंगलबार, साउन २६, २०८३

राजपाले भन्यो : मधेशी अनुहारप्रतिको घृणा अझै कायम छ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं  - राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले राष्ट्रिय मानव अधिकार आयोगलाई ज्ञापन पत्र बुझाउँदै मधेशी अनुहारप्रतिको घृणा सुरक्षा संयन्त्रमा कायम रहेको बताएको छ।

सर्लाहीको बाँकेमा प्रहरीको गोली लागि एक जना मारिएको विषयमा आयोगको ध्यानाकर्षण गराउँदै राजपाले भनेको छ,‘यो देशको सुरक्षा निकायमा मधेशी अनुहारप्रतिको घृणा र द्वेषको भाव अझै पनि कायमै रहेको मधेशी समुदायको बुझाई झनै बलियो हुन गएको छ।’

शनिबार पूर्व–पश्चिम राजमार्ग अन्तरगत सर्लाही जिल्लाको बाँके चौकमा प्रदर्शन गरिरहेकाहरुमाथि प्रहरीले अन्दाधुन्द गोली चलाएको थियो। गोली लागेर इश्वरपुर नगरपालिका वडा नम्बर ३ का २६ वर्षीय सरोज नारायण सिंहको मृत्यु भएको थियो।

उक्त घटनाको विरोध गर्दै गएराती राजपाले त्यस क्षेत्रमा प्रदर्शन गरेको छ भने बुधबार राष्ट्रिय मानव अधिकार आयोगलाई ज्ञापन पत्र बुझाएको छ।

घटनामा गोली चलाउन आदेश दिने र गोली चलाउनेमाथि कारवाही गर्नुपर्ने माग राजपाको रहेको छ।

सर्लाही र महोत्तरी जिल्लाको सिमाना रहेको बाँके नदीमा गिटी बालुवा निकाल्दा ३० फिट गहिरो खाल्डो बनेको छ। उक्त खाल्डोमा डुबेर १२ वर्षीय बालक अमृत रायको मृत्यु भएको थियो। 

नदीको बालुवा गिटी दोहनबाट खाल्डो भएको र उक्त खाल्डोमा डुबेर बालकको मृत्यु भएको भन्दै क्षतिपूर्तिका लागि स्थानीयबासीले प्रदर्शन गरेका थिए। उक्त प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।