जनकपुरधाम- सिरहामा एक ९ महिने बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई पक्राउ गरेको छ ।
लहान नगरपालिका–२४ गोविन्दपुर महलनमा प्रहरीले बालिका बलात्कार गरेको आरोपमा १४ वर्षीय बालकलाई पक्राउ गरेको हो ।
घरमा कोही नभएको मौका छोपी बालकले बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले दिएको जानकारीअनुसार बालिकालाई घरमा एक्लै छोडेर घरका सदस्यलाई खाजा पुर्याउन गएको मौका छोपी बालकले यस्तो घटना घटाएको हो ।
खाजा पुर्याएर घर फर्केपछि बालकलाई बालिकाको आमाले घरमै भेटेपछि उजुरी दिएको प्रहरीले जनाएको छ ।
उजुरीको आधारमा प्रहरीले बालकलाई नियन्त्रणमा लिएको छ । बालिकाको योनीबाट रक्तश्राव भएपछि प्रहरीले उनलाई स्वास्थ्य परीक्षणको लागि पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको लहान प्रहरीले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४