काठमाडौं- ‘डन’का रुपमा चर्चित गण्डकी प्रदेशका सांसद एवं व्यापारी राजिव गुरुङ उर्फ दीपक मनाङे सत्तारुढ दल नेकपमा प्रवेश गर्ने भएका छन्।
बिहीबार एक कार्यक्रमकाबीच उनी नेकपामा प्रवेश गर्ने तयारी गरेका छन्।
मनाङेका स्वकीय सचिव जगदिशनाथ योगीका अनुसार गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपाका प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले मनाङेलाई पार्टी प्रवेश गराउँदैछ।
प्रदेशसभामा मनाङबाट चुनाव जितेका मनाङे विभिन्न मुद्दामा जेल परेका थिए। उक्त मुद्दामा जेल काटेर आएका मनाङेले केही दिनअघि प्रदेशसभा सदस्यको शपथ लिएका थिए।
प्रदेश सभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका मनाङेलाई तत्कालिन नेकपा एमाले सहयोग गरेको थियो। उनी ठूलै मतान्तरले चुनाव जितेका थिए।
चुनावलगतै नेकपा प्रवेश गर्न लागेका मनाङेको विरोध भएपछि उनको नेकपा प्रवेश यात्रा रोकिएको थियो।
तर, अहिले उनी नेकपा प्रवेश गर्न लागेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४