बुधबार, जेठ २०, २०८३

प्रदेश २ : माओवादीका सर्वहारा मन्त्रीको विलासी इच्छा

केही महिना अगाडिसम्म प्रदेश २ सरकारभन्दा बाहिर रहेको माओवादी केन्द्रका नेताहरुले प्रदेश सरकारका मन्त्रीहरु विलासितामा केन्द्रित रहेको भन्दै कडा आलोचना गर्दै आइरहेका थिए।
 |  बुधबार, भदौ ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ९, २०७८

जनकपुरधाम– केही महिना अगाडिसम्म प्रदेश २ सरकारभन्दा बाहिर रहेको माओवादी केन्द्रका नेताहरुले प्रदेश सरकारका मन्त्रीहरु विलासितामा केन्द्रित रहेको भन्दै कडा आलोचना गर्दै आइरहेका थिए। विभिन्न मञ्चदेखि सदनसम्म प्रदेश सरकारमा सहभागी मन्त्रीहरुलाई आलोचना गर्ने माओवादी केन्द्र अहिले प्रदेश सरकारमा सहभागी भएको छ। 

National life

प्रदेश सरकारमा सहभागी भएको केही साता नबित्दै तिनै माओवादी केन्द्रबाट सरकारमा सहभागी सर्वहारा नेताहरुले विलासी सोच प्रदर्शन गर्न लागेका छन्। प्रदेश २ सरकारमा माओवादी केन्द्रबाट भरतप्रसाद साह आन्तरिक मामिला तथा सञ्चारमन्त्री छन् भने रुबी कर्णलाई आन्तरिक मामिला तथा सञ्चार राज्य मन्त्रीको जिम्मेबारी दिइएको छ। 

कुनै बेला प्रदेश सरकारका मन्त्रीहरु जनताको कर र पसिनाबाट जम्मा भएको ढुकुटीको दोहन गरिरहेको आरोप लगाउनै यिनै सर्वहारा नेताहरु अहिले आएर मन्त्रालयसँग गाडी हुँदाहुँदै पनि गाडी किन्नका लागि अर्थ मन्त्रालयसँग करोडौं रुपैयाँको माग गरेका छन्। गाडी खरिद गर्नका लागि करोडौं रुपैयाँ अर्थ मन्त्रालयसँग माग गरेपछि आफूलाई सर्वहाराको नेता कहलाउन रुचाउने मन्त्री साहको विलासी सोच उदांगो भएको छ। 

स्रोतका अनुसार मन्त्री साहका लागि २ लाख ५० हजार रुपैयाँ मोबाइल खरिदका लागि समेत माग गरिएको छ। ३ वटा गाडी खरिद गर्नका लागि अर्थ मन्त्रालयसँग ३ करोड ७ लाख रुपैयाँ माग गरिएको मन्त्रालयका प्रवक्ता अवधकिशोर कुश्वाहाले जानकारी दिए। यद्यपि मन्त्रालयसँग अहिले पनि ८ वटा गाडी रहेको उनले बताए। उनले मोबाइल खरिदका लागि रुपैयाँ माग गरिएको विषयमा अनभिज्ञता प्रकट गरे। 

अहिले आन्तरिक मामिला तथा सञ्चारमन्त्री साह र राज्य मन्त्री कर्ण दुवै टोयोटा सफारी गाडी चढ्दै आइरहेका छन्। त्यस्तै सचिव वीरेन्द्र यादव टोयोटाको रश गाडी प्रयोग गर्दै आइरहेका छन्। यस अतिरिक्त मन्त्रालय  एक गाडी पूर्व आन्तरिक मामिला तथा सञ्चार राज्य मन्त्री सरोज कुश्वाहाले अहिलेसम्म गाडी मन्त्रालयलाई जिम्मा लगाएका छैनन्। उनी हुन्डाईको भेन्यु गाडी प्रयोग गर्दै आइरहेका छन्। मन्त्रालयसँग यी गाडीबाहेक एउटा स्कर्पियो, एउटा टाटा सुमो र २ वटा पिक अप गाडी गरी कुल ८ वटा गाडी छन्।

Shivam cement

प्रकाशित: Aug 25, 2021| 17:52 बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।