शुक्रबार, वैशाख २६, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रदेश २ : दुई मन्त्रालयको क्षेत्राधिकारका विषयमा परेको मुद्दामा न्यायाधीशको मत बाझियो

प्रदेश २ : दुई मन्त्रालयको क्षेत्राधिकारका विषयमा परेको मुद्दामा न्यायाधीशको मत बाझियो

प्रदेश २ सरकारमा भौतिक पूर्वाधार विकास मन्त्रालय र खानेपानी तथा उर्जा मन्त्रालयबीच क्षेत्राधिकारको विषयमा देखिएको विवादपछि उच्च अदालत जनकपुरमा परेको मुद्दामा न्यायाधीशहरुबीच राय बाझिएको छ।
 |  बुधबार, भदौ ९, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ९, २०७८

vianetvianet

जनकपुरधाम– प्रदेश २ सरकारमा भौतिक पूर्वाधार विकास मन्त्रालय र खानेपानी तथा उर्जा मन्त्रालयबीच क्षेत्राधिकारको विषयमा देखिएको विवादपछि उच्च अदालत जनकपुरमा परेको मुद्दामा न्यायाधीशहरुबीच राय बाझिएको छ।

triton college

दुई मन्त्रालयबीच क्षेत्राधिकारको विषयमा देखिएको विवादपछि परेको मुद्दामा बहस गर्दै संयुक्त इजलाशमा न्यायाधिशहरुले अलग अलग राय दिएका हुन्।

न्यायाधिश हरिप्रसाद वगालेले २०७८ जेठ २६ गते कार्यविभाजन नियमावली २०७८ अनुसार मन्त्रालयको जिम्मेवारी बाँडफाँड भइसकेको अवस्थामा कार्य विभाजन विपरीत कार्य नगर्न नगराउन भनी अन्तरिम आदेश दिएका छन्। अर्का न्यायाधिश राज्यलक्ष्मी बज्राचार्यले निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्न नमिल्ने र न्यायाधिश वगालेको मतसँग मत्यैक्यता नरहेकाले तेस्रो न्यायधिशको मत बुझ्नु भनी राय दिएकी छिन् ।   

यसअघि प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव र खानेपानी तथा उर्जा मन्त्री ओमप्रकाश शर्माबीच क्षेत्राधिकारको विषयमा विवाद हुँदै आइरहेको थियो। दुई मन्त्रालयबीचको विवादका कारण विभिन्न योजना प्रभावित भएपछि श्यामलाल पासवानले उच्च अदालत जनकपुरमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रदेश २, भौतिक पूर्वाधार विकास मन्त्रालय र खानेपानी तथा उर्जा मन्त्रालयलाई विपक्षी बनाई मुद्दा दर्ता गराएका थिए । 

भौतिक पूर्वाधार विकास मन्त्रालय र खानेपानी तथा उर्जा विकास मन्त्रालयबीच सिँचाइ सम्बन्धी दुई अर्ब रुपैयाँको विकासे योजनाको बिषयलाई लिएर सुरु भएको विवाद उत्कर्षमा पुगेपछि प्रदेश सरकारलाई विपक्षी बनाई उत्प्रेसन मिश्रित परमादेशको माग गर्दै पासवान उच्च अदालत जनकपुर पुगेका थिए ।

National life insurance

प्रकाशित: Aug 25, 2021| 14:15 बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।