काठमाडाैं- बिहीबारदेखि भित्रिएको मनसुनी प्रभावका कारण अबको तीन दिन देशका विभिन्न ठाउँमा भारी वर्षा हुने भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार)देखि पर्सि (मंगलबार)सम्मै मध्य र पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना छ। मनसुनको प्रारम्भमै सक्रियता बढेका कारण भारी वर्षाको सम्भावना बढेको मौसमविद् समिर श्रेष्ठले नेपाल समयलाई जानकारी दिए ।
भिषण वर्षाको सम्भावना देखिएसँगै पहाडी क्षेत्रमा पहिरो र तराइ क्षेत्रमा बाढीको जोखिमको बढेको छ । चितवन, नवलपरासी, पाल्पा, स्याङ्जा र आसपासमा शनिबार भारी वर्षा भएकाले बाढीको जोखिम बढेको मौसमविद् श्रेष्ठले बताए । नदी किनारा आसपासका भेगमा उच्च सर्तकता अपनाउन जल तथा मौसम विज्ञान विभागले अग्रिम सूचना जारी गरेको छ ।
आइतबार चितवन र चितवनभन्दा पश्चिमतर्फका खोला नदी किनारामा सर्तकता अपनाउन विभागले अपिल गरेको छ। खास गरी चुरे आसपासबाट बहने खहरे र मध्यम प्रकृतिका खोला किनारामा बाढीको जोखिम निकै बढ्ने देखिएको विभागले जनाएको छ ।
यस्तो हुनेछ ३ दिनको मौसम
असार ८ गते (आइतबार)
दिउँसो: देशको मध्य र पश्चिमी भूभागहरुमा सामान्य देखि पूर्ण बदलि तथा पूर्वी भेगमा आंशिक देखि सामान्य बदली रही पुर्वका केहि स्थानहरुमा साथै मध्य तथा पश्चिमका धेरैजसो स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
पश्चिमी र मध्य भूभागका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहको छ । उच्च हिमाली भूभाग हरुको केहि स्थानहरुमा हिमपातको सम्भावना रहेको छ ।
राति: देशको पश्चिमी भूभागहरुमा सामान्य देखि पूर्ण बदलि तथा पूर्वी र मध्य भेगमा आंशिक देखि सामान्य बदली रही पुर्वका तथा मध्य थोरै स्थानहरुमा साथै पश्चिमका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
पश्चिमी भूभागका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहको छ । उच्च हिमाली भूभाग हरुमा हिमपात को नि सम्भावना रहेको छ ।उच्च हिमाली भूभागहरुको थोरै स्थानहरुमा हिमपातको सम्भावना रहेको छ ।
असार ९ गते (सोमबार)
दिउँसो: देशैभरि आंशिक देखि सामान्य बदली रही पुर्वका केहि स्थानहरु साथै मध्य तथा पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।
राति: देशको मध्य र पश्चिमी भूभागहरुमा आंशिक देखि सामान्य बदलि तथा पूर्वी भूभागमा सामान्य बदलि भइ पुर्वका केहि स्थानहरुमा साथै मध्य तथा पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।
असार १० गते (मंगलबार )
दिउँसो: देशैभरि आंशिक देखि सामान्य बदली रही पुर्वका केहि स्थानहरु साथै मध्य तथा पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।
राति: देशको मध्य र पश्चिमी भूभागहरुमा आंशिक देखि सामान्य बदलि तथा पूर्वी भूभागमा सामान्य बदलि भइ पुर्वका केहि स्थानहरुमा साथै मध्य तथा पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४