मंगलबार, साउन २६, २०८३

नेकपा सचिवालय बैठक : नाटकीय हार्दिकता, टुंगिएन किचलो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शनिबार बसेको सचिवालय बैठकमा सरकार संचालन र पार्टीको एकता प्रकियासँग जोडिएका महत्वपूर्ण एजेन्डामा खासै छलफल भएन । 

शनिबार पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठक थप गृहकार्य गरेर निर्णायक छलफल गर्ने भन्दै टुंगिएको छ।

' विषयगत गहन छलफलभन्दा पनि  चियागफ र हाँसोठट्टा बढी भयो, बैठकमा सहभागी एक सदस्यले भने। आन्तरिक कलह र भागबन्डाका कारण अन्तिम चरणमा पुगेको भनिएको एकता प्रकिया पछिल्ला दिनमा फेरि जटिलतातर्फ धकेलिएको छ। 

स्रोतका अनुसार बैठकमा नेताहरुबीच नाटकीय हार्दिकता देखिए पनि आन्तरिक किचलो व्यवस्थापनबारे ठोस् छलफल नै भएन। खासगरी शनिबारको बैठकमा पार्टी एकताका बाँकी काम र सरकार फेरबदलबारे गहन छलफल गरेर टुंगो लगाउने एजेन्डा थियो। तर यसमा बैठक प्रवेश गरेन र त्यसका लागि प्रधानमन्‍त्री तथा अध्यक्ष ओली त्यति उत्सकु देखिएनन् । 

पार्टी एकीकरण भएको एक वर्ष वितिसक्दा पनि केन्द्रीय कमिटिको एकपटक पनि बैठक बस्‍न सकेको छैन भने केन्द्रीय सदस्यहरुको कार्यविभाजनसमेत भएको छैन। आन्तरिक भागबन्डा नमिलेकोले पोलिटब्यूरो गठन हुन सकेको छैन। स्थायी समिति पनि शीर्ष नेतृत्वमा छायाजस्तै भएको छ। 

बालुवाटारमा कहिलेकाँही बस्ने सचिवालयमा राम्रो सँग छलफल हुन सकेको छैन । जिल्ला इन्चार्जहरुको टुंगो लाग्न सकेको छैन भने जनबर्गिय संगठनको समायोजन गरिए पनि त्यहाँ भाँडभैलो मच्चिएको छ । स्थानीय तहमा पार्टीको एकीकृत संरचना बन्न सकेको छैन।

एकताका बाँकी काम सकाएर जेठ ३ गते एकता प्रक्रिय प्रक्रिया सम्पन्न भएको घोषणा गर्ने भनिए पनि आन्तरिक विवादले संभव भएन। त्यसपछि पनि यसलाई टुंगो लगाउने बारेमा दुईजना अध्यक्ष र अन्य शीर्ष नेताहरुबीच ठोस सम्वाद भएको छैन।

बैठकपछि सरकारको काम प्रभावकारी रहेको र अझै प्रभावकारी बनाउने निष्कर्ष निकालेको महासचिव विष्णु पौडेलले जानकारी दिए।

बैठकपछि पत्रकारहरुको जिज्ञासामा बोल्दै महासचिव पौडेलले सचिवालय बैठकमा मुख्यगरी दुईवटा विषयमा छलफल भएको बताए।

उनले पार्टीको सिद्धान्त र दृष्टिकोण  तथा एकता प्रक्रियाको बाँकी कामबारे बैठकमा मुख्य रुपमा छलफल भएको बताए।

पार्टीको राजनीतिक प्रतिवेदन तयार पार्ने काम भइरहेको र राजनीतिक प्रतिवेदनमा पार्टीको सिद्धान्त र दृष्टिाकोण के हुने भन्ने विषयमा पार्टीको एकीकरण प्रक्रियाकै बेला भएको सहमति बमोजिम काम भइरहेको उल्लेख गरे।

उनले पार्टीको राजनीतिक प्रतिवेदन अध्यक्षद्वय ओली र पुष्पकमल दाहालले लेखिरहेको जानकारी दिँदै प्रतिवेदन लेखनमा भएको प्रगतिबारे आजको बैठकमा समीक्षा भएको बताए।

पौडेलले प्रतिवेदनको अन्तिम सम्पादनको काम भइरहेको र सिघ्र सम्पन्न तथा प्रकाशन गर्ने निर्णय गरिएको जानकारी दिए।

त्यस्तै पार्टी एकता प्रक्रियाका बाँकी काम पनि सिघ्र सम्पन्न गर्ने निर्णय सचिवालय बैठकले गरेको उनले बताए।पार्टीका केही कमिटी तथा विभागहरु गठन गर्न बाँकी रहेको जानकारी दिँदै महासचिव पौडेलले तत्काल एकता प्रक्रिया सम्पन्न गरी पार्टी संगठनलाई केन्द्रीय निर्णय बमोजिम परिचालन गर्ने निर्णय गरिएको बताए।

जटिल बन्दै आन्तरिक किचलो

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच चिसो मात्रै बढेको छैन, सम्वादसमेत अवरुद्ध भएको छ। दुई अध्यक्षबीचको बढ्दो दुरीमा खेल्ने र दौडधुप गर्नेतिर अरु नेताहरु सक्रिय देखिन्छन्। 

दुई अध्यक्षबीचको टकरावलाई मिलाउने भन्दा त्यसलाई चर्काएर आफ्नो पोजिसन दरो बनाउने रणनीतिमा अर्का वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनालको सक्रियता देखिन्छ। शीर्ष नेतृत्वमा देखिएको यस्तो किचलो र पदलोलुप रवैया देखेर पार्टीको युवा पंक्ति थप निराश र आक्रोशित देखिन्छ। 

पार्टीलाई पुरै उपेक्षा गरेर एक्लै अघि बढ्न खोजेको आरोप ओलीमाथि लागेको छ । महत्वपूर्ण निर्णय तथा कदमअघि पार्टीमा कुनै पनि छलफल र परामर्श नगर्दा सरकार एकपछि अर्को प्रकरणमा विवादित र आलोचित बनेको छ। 

अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवलगायतले ओली एक्लै अघि बढ्न खोजेको र पार्टीलाई पंगु बनाउन खोजेको आक्रोश आफ्ना सहकर्मीसँग पोख्न थालेका छन् । आन्तरिक छलफलमा युवा नेताहरुको एउटै भनाइ हुन्छ, न सरकार प्रभावकारी र लोकप्रिय भयो, न पार्टी एकीकृत भएर अघि बढ्न सक्यो। 

पार्टी एकीकरण गर्दा ओली बहुमतमा र प्रचण्ड अल्पमतमा थिए। तर एक वर्षमा पार्टी भित्रको शक्ति संरचना र पोजिसन अनौठो तरिकाले बदलिएको छ। बहुमतभित्रको अल्पमतमा ओली देखिन्छन् भने अल्पमतभित्रको बहुमतमा प्रचण्ड देखिन्छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।