मंगलबार, साउन २६, २०८३

झुटो बोल्ने सञ्चारमन्त्री, सँधैभरी दम्भपूर्ण शैली

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले फेरि झुटो बोलेका छन्। यसअघि आफैँ झुटो बोलेर नेपाल टेलिभिजनका पत्रकार राजु थापाको जागीर खाइदिएका सञ्चारमन्त्री बाँस्कोटाले पछिल्लो पटक भने संसदमै झुटो बोलेका हुन्।

गत वर्ष सञ्चारमन्त्री भएको केही समयमा नेपाल टेलिभिजनबाट प्रसार हुने एक कार्यक्रममा पत्रकार राजु थापाले बाँस्कोटाको सम्पत्ति विवरणमा दाइजोको कुरा ल्याउँदा बाँस्कोटा सन्किएका थिए। र सनकको भरमा पत्रकार थापालाई जागीरबाट निकालिएको थियो।

पत्रकार थापाको अन्तर्वार्तामुलक कार्यक्रममा सम्पत्ति विवरणमा १७ तोला सुन बिहेमा ल्याएको प्रसंग कोट्याउँदै पत्रकारले प्रश्न गर्दा बाँस्कोटाले होइन भनेर जित्ने प्रयास गरेका थिए। बिवरण प्रिन्ट गरिएको कागज देखाएपछि हो भन्दै स्वीकार गरे पनि पूर्णरुपमा स्वीकार गरेका थिएनन्।

कम्युनिष्ट नेताहरु दाइजोको विरोध गर्छन् तपाईँ आँफैले यत्रो दाइजो ल्याउनु भएको रहेछ, यसले के सन्देश जान्छ भन्ने प्रश्न पत्रकारको थियो।

उक्त कार्यक्रममा दम्भपूर्ण भाषा प्रयोग गर्दै सञ्चारमन्त्री बाँस्कोटाले आफ्नो सम्पत्ति विवरणको कुरा सुनाएका थिए। प्रमाणसहित आफूलाई सम्पत्ति विवरण सोध्ने पत्रकारको जागीर त्यही कार्यक्रमपछि सञ्चारमन्त्रीले खाइदिएका थिए।

पछिल्लो पटक शुक्रबार संसदमा बोल्दै उनै सञ्चारमन्त्री बाँस्कोटाले गुठी विधेयकका सम्बन्धमा आफूले ‘सामन्तवाद’ शब्द प्रयोग नगरेको दाबी गरे।

जबकी उनले गत हप्ता मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा गुठीलाई सामन्तवाद भनेर उपमा दिएका थिए।

शुक्रबारको संसदमा आरोप लगाउन पाइने र आफूले सामन्तवाद भन्दै नभनेको भन्दै प्रमाण ल्याउन चुनौति पनि दिए।

त्यसो त उनले मन्त्रिपरिषद्को बैठकमा गुठीलाई सामन्तवाद भनेर दिएको अभिव्यक्तिको भिडियो सबैजसो मिडियाहरुमा सुरक्षित छ। पटकपटक उटपट्याङ बोल्ने र प्रमाण ल्याउन चुनौति दिने उनको शैलीको सामाजिक सञ्जालमा अहिले विरोध भइरहेको छ।

पूर्व पत्रकारसमेत रहेका सञ्चारमन्त्री बाँस्कोटाले सञ्चारमाध्यमहरु प्रति सहिष्णु र निकट हुनुपर्नेमा उल्टै निकै असहिष्णु व्यवहार सुरुदेखि नै गर्दै आएका छन्। 
मन्त्रिपरिषद् बैठकका निर्णयहरु नै निकै ढिला सार्वजनिक गर्ने र धेरै निर्णयहरु लुकाउने कामको सुरुवात उनैले गरेका हुन्।

मन्त्रिपरिषद् बैठकका निर्णय तत्कालै सार्वजनिक गर्नुपर्यो भन्ने आग्रहलाई उनले सिधै अस्वीकार गर्दै ‘खोजी पत्रकारिता’ गर्नसमेत चुनौति दिएका थिए।

पत्रकारिताका सबै सबल र दुर्बल पक्षहरुबारे आफूलाई सबै कुरा थाहा भएको दाबी गर्ने सञ्चारमन्त्री बाँस्कोटा राष्ट्रियसभामा दर्ता भएको मिडिया काउन्सिल विधेयक जस्ताको तस्तै पास गर्न
दृढताका साथ लागेका छन्। सो विधेयकमा मिडियाकर्मीलाई हदैसम्मको जरिबाना र कैदको व्यवस्था गरिएको छ।

सो विधेयकको पत्रकार महासंघ लगायत सबै क्षेत्रबाट निरन्तर विरोध भइरहेको छ। उनले आफूलाई हक्की भन्दै आएका छन् तर हक्की स्वभाव चाँहि सत्य तथ्यमा आधारित नभई झुट र झुटलाई सावित गर्न दम्भ देखाउन बढि केन्द्रित देखिन्छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।