मंगलबार, साउन २६, २०८३

नेतृत्वले आत्मसमीक्षा गर्नुपर्छ : वरिष्ठ नेता नेपाल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले राजनीतिक नेतृत्वले आत्मसमिक्षा गर्नुपर्ने समय आएको बताएका छन्।

थाहा दर्शनका प्रवर्तक रुपचन्द्र बिष्टको २० औ स्मृति दिवसका अवसरमा राजधानी काठमाडौमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले जनअपेक्षा अनुसार काम गर्न सकियो÷सकिएन भनि राजनीतिक नेतृत्वले आत्मसमिक्षा गर्नुपर्ने समय आएको बताएका हुन्।

उनले गरीबी, अभाव, वेरोजगारी, विकृति, विसंगतीको अन्त्य गर्दे सुखी नेपाली समृद्ध नेपालको चाहाना पुरा गर्नका लागि कार्य प्रगतीको समीक्षा र बहसको आवश्यकता औँल्याए। आर्थिक सम्मृद्धिको नाराले मात्रै मुलुक र मुलुकबासीको चाहाना र अपेक्षा पुरा हुन नसक्ने भन्दै उनले समाजले चाहेको आवश्यकालाई नेतृत्वले बुझ्न सक्नुपर्ने बताए।

उनले भने, ‘आत्मसमिक्षा गर्नुपर्ने छ। साँच्चै जनताले आशा अपेक्षा गरे बमोजिम, सबैले हामी संग माग गरे बमोजिम हामीले आफ्नो भूमिका प्रभावकारी रुपमा निर्वाह गर्न सकिरहेका छौँ ? यदि सकिरहेका छैनौ भने कसरी सकिन्छ त ? आत्मचिन्तनको खाँचो छ। आत्मनिरीक्षण र आत्मपरीक्षाको खाँचो पनि छ।’

पुर्व प्रधानमन्त्री नेपालले जनचाहाना पुरा गर्नका लागि राजनीतिक नेतृत्वले आफ्नो आचरण, बानी व्यहोरा र संस्कारमा पनि परिर्वतन गर्नुपर्ने आवश्यकता औल्याए।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।