मंगलबार, साउन २६, २०८३

इन्काउन्टरले कानूनी राज्यको उपहास : मानवअधिकार आयोग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले इन्काउण्टरको संस्कृति विकास हुदै जाँदा कानुनी राज्यको उपहास हुने भन्दै सरकार र मातहतका निकायलाई त्यस तर्फ सचेत बन्न सुझाव दिएका छन् ।

आयोगले शनिबार राजधानीमा गरेको कार्यक्रममा शर्माले पछिल्लो समय इन्काउण्टर संस्कृति विकास हुदै गएकोमा चिन्ता व्यक्त गरेका हुन् ।

कुनै पनि आपराधिक घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान गरि अपराध प्रमाणित गर्नुपर्नेमा प्रहरीले आफ्नो सजिलोका लागि इन्काउण्टर शब्द प्रयोग गरि व्यक्ति हत्या गर्ने प्रवृति बढ्दै जादा त्यसले कानूनलाई उपहास गर्ने उनको भनाई थियो ।

उनले भने, ‘इन्काउण्टर संस्कृतिको विकास भो भने कानुनी राज्यको उपहार गर्छ ।’

चरि, घैटे र भक्तपुरका बालक अपहरण पछि हत्यामा संलग्न दुईजनाको इन्काउण्टरमा मृत्यु भएको घटनालाई आयोगले अध्ययन गरिररहेको पनि उनले स्पष्ट पारे । पछिल्लो समय नेत्र विक्रम चन्द समुहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीको इन्काउण्टरमा मृत्यु भएको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।