मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीको निर्देशपछि रेशम चौधरीको नेल खोलियो

प्रधानमन्त्रीको निर्देशपछि रेशम चौधरीको नेल खोलियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- वीर अस्पतालमा उपचाररत राजपाका निलम्बित सांसद रेशमलाल चौधरीलाई लगाइएको नेल खोलिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि प्रहरीले चौधरीको खुट्टामा लगाएको नेल खोलेको हो।

प्रधानमन्त्री ओलीले राष्ट्रिय जनता पार्टी राजापाका निलम्बित सांसद चौधरीलाई उपचारका क्रममा पनि नेल लगाउनेलाई कारबाही गर्न निर्देशन दिएका थिए।

प्रधानमन्त्री ओलीले शनिबार मुख्य सचिव लोकदर्शन रेग्मीलाई फोन गरेर चौधरीलाई उपचारका क्रममा नेल लगाउनेलाई कारबाहीको निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार चेतन अधिकारीले जानकारी दिए 

फोक्सोमा समस्या भएपछि चौधरी हाल वीर अस्पतालमा उपचाररत छन्। चौधरीलाई उपचारका क्रममा खुट्टामा नेल लगाइएको घटनापछि सामाजिक सञ्जालबाट सरकारको विरोध भएको थियो। 

चौधरीलाई भेट्न अस्पतालमा पुगेका पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारको यस्तो कार्यको गम्भीर विरोध गरेका थिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।