मंगलबार, साउन २६, २०८३

सैनामैनाका विद्यालयमा 'जंक फुड' प्रतिबन्ध

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भैरहवा – रुपन्देहीको सैनामैना नगरपालिका भित्र रहेका सबै विद्यालयहरुमा ‘जंक फुड’ प्रतिबन्ध गरिएको छ। नगरभित्र रहेका ३६ विद्यालयको कम्पाउन्ड भित्र कुनैपनि किसीमको जंक फुड प्रयोग गर्न नपाईनेगरी नगरपालिकाले नीति तथा कार्यक्रम नै पारित गरेको नगर प्रमुख चित्र बहादुर कार्कीले बताए।

उनले भने, ‘जंकफुड प्रयोग गर्दा विद्यार्थीहरु धेरै विरामी भए। अधिकांशमा हड्डी र जोर्निको समस्या देखियो। त्यसैले हामीले घरबाट आमाबुबा तथा अभिभावकले बनाएको नास्ता लिएर खाने गरी व्यवस्थापन गर्न यो अभियान सुरु गरेका हौं।’

घरको नास्ता प्रयोग गर्दा एकातिर विद्यार्थीहरु स्वस्थ हुने, अभिभावकलाई आर्थिक व्ययभार कम पर्ने र बालबालिकाप्रति परिवारको माया र कर्तव्य बढेर जाने पनि कार्कीको तर्क छ। 

अभिभावकले बालबालिकालाई नास्ताबापत पैंसा दिने र त्यो पैंसाले चाउचाउ, चिजबल्स जस्ता जंकफुड नियमित खाँदा एकातिर बच्चाहरु अवस्थ हुँदै गएका छन् भने अर्कोतिर अभिभावकलाई पैंसा दिएपछि सबथोक हुन्छ भन्ने प्रवृत्ति पनि हाबी हुँदा बालबालिका परिवारबाट टाढिँदै गएका छन्।

 नगरसभाले नगरभित्रका सबै विद्यालय दिवा सत्रमा मात्रै सञ्चालन गर्न निर्देशनसमेत दिएको छ। यस्तै माध्यमिक तह पुरा गर्न नसकेका र प्राविधिक शिक्षा पढ्न चाहने युवाहरुलाई सीटीइभीटीबाट संचालन गरिएका छोटो तथा लामो अवधिको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिममा दिइँदै आएको छात्रवृत्तिलाई निरन्तरता दिइने भएको छ।

उपप्रमुख विना रानाको अध्यक्षतामा भएको  नगरसभामा प्रमुख चित्रबहादुर कार्कीले सैनामैना नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। कृषि, पर्यटन, उद्योग, खेलकुद, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखी प्रस्तुत गरिएको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सैनामैनाको पाँचौ नगरसभाले पारित गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।