मंगलबार, साउन २६, २०८३

नेकपा सचिवालय बैठक : यस्ता छन् एजेन्डा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (शनिबार) बस्ने भएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा ३ बजेका लागि बोलाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणमा निस्केपछि बैठक स्थगित भएको थियो। 

बैठकले जिल्ला इन्चार्ज र सहइन्चार्जको अन्तिम टुंगो लगाउने बताइएको छ। पार्टी एकताको एक वर्ष वितिसक्दासमेत एकीकरणलाई अन्तिम रुप दिन नसकेको नेकपाले विभागहरु गठन र केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँटका विषयमा पनि छलफल गर्ने बुझिएको छ। बैठकले राजनीतिक प्रतिवेदनसमेत पारित गर्ने र त्यसपछि पार्टीको सांगठनिक एकता र कार्यविभाजन गर्ने तयारी गरेको छ।

एकताका बाँकी काम सकाएर जेठ ३ गते एकता प्रक्रिय प्रक्रिया सम्पन्न भएको घोषणा गर्ने भनिए पनि आन्तरिक विवादले संभव भएन। त्यसपछि पनि यसलाई टुंगो लगाउने बारेमा दुईजना अध्यक्ष र अन्य शीर्ष नेताहरुबीच ठोस सम्वाद भएको छैन।

 बरु पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच चिसो मात्रै बढेको छैन, सम्वादसमेत अवरुद्ध भएको छ। दुई अध्यक्षबीचको बढ्दो दुरीमा खेल्ने र दौडधुप गर्नेतिर अरु नेताहरु सक्रिय देखिन्छन्। 

दुई अध्यक्षबीचको टकरावलाई मिलाउने भन्दा त्यसलाई चर्काएर आफ्नो पोजिसन दरो बनाउने रणनीतिमा अर्का वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनालको सक्रियता देखिन्छ। शीर्ष नेतृत्वमा देखिएको यस्तो किचलो र पदलोलुप रवैया देखेर पार्टीको युवा पंक्ति थप निराश र आक्रोशित देखिन्छ। 

पार्टीलाई पुरै उपेक्षा गरेर एक्लै अघि बढ्न खोजेको आरोप ओलीमाथि लागेको छ । महत्वपूर्ण निर्णय तथा कदमअघि पार्टीमा कुनै पनि छलफल र परामर्श नगर्दा सरकार एकपछि अर्को प्रकरणमा विवादित र आलोचित बनेको छ। 

अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवलगायतले ओली एक्लै अघि बढ्न खोजेको र पार्टीलाई पंगु बनाउन खोजेको आक्रोश आफ्ना सहकर्मीसँग पोख्न थालेका छन् । आन्तरिक छलफलमा युवा नेताहरुको एउटै भनाइ हुन्छ, न सरकार प्रभावकारी र लोकप्रिय भयो, न पार्टी एकीकृत भएर अघि बढ्न सक्यो। 

पार्टी एकीकरण भएको एक वर्ष वितिसक्दा पनि केन्द्रीय कमिटिको एकपटक पनि बैठक बस्न सकेको छैन। आन्तरिक भागबन्डा नमिलेकोले पोलिटब्यूरो गठन हुन सकेको छैन। स्थायी समिति पनि शीर्ष नेतृत्वमा छायाजस्तै भएको छ। 

बालुवाटारमा कहिलेकाँही बस्ने सचिवालयमा राम्रो सँग छलफल हुन सकेको छैन । जिल्ला इन्चार्जहरुको टुंगो लाग्न सकेको छैन भने जनबर्गिय संगठनको समायोजन गरिए पनि त्यहाँ भाँडभैलो मच्चिएको छ । स्थानीय तहमा पार्टीको एकीकृत संरचना बन्न सकेको छैन। 

पार्टी एकीकरण गर्दा ओली बहुमतमा र प्रचण्ड अल्पमतमा थिए। तर एक वर्षमा पार्टी भित्रको शक्ति संरचना र पोजिसन अनौठो तरिकाले बदलिएको छ। बहुमतभित्रको अल्पमतमा ओली देखिन्छन् भने अल्पमतभित्रको बहुमतमा प्रचण्ड देखिन्छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।