काठमाडौं - शनिबार देशका विभिन्न स्थानमा हावाहुरी र मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ। पूर्वी तथा मध्य भू–भागमा समान्यतया बदली र पश्चिमी भू–भागमा आंशिक बदलीको सम्भावना छ भने मध्य तथा पश्चिमका केही स्थानहरुमा बिहानीपख मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसैबीच पूर्वी भेगबाट बिहीबार प्रवेश गरेको मनसुन अहिले मध्यक्षेत्रमा आइपुगेको महाशाखाले जनाएको छ। मनसुन पश्चिमसम्म पुग्न अझै केही दिन लाग्ने महाशाखाको अनुमान छ। पूर्वबाट बगेको जलवाष्पसहितको हावा पश्चिम पुगेपछि मात्र देशैभर मनसुन सक्रिय हुनेछ।
आगामी तीन दिनको मौसमी पूर्वानुमान
शनिबार
दिउँसो: देशको पूर्वी तथा मध्य भू-भागमा समान्यतया बदली रहने र पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली रहने देखिन्छ। साथै मध्य तथा पश्चिमका केही स्थानहरुमा बिहानीपख मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ। पूर्वका धेरैजसो स्थानहरुमा मेघ गर्जनसहित मध्यम खालको वर्षाको सम्भावना रहेको छ।
राति: देशभर आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वका धेरैजसो स्थानहरुका साथै पश्चिमका केही स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।
आइतबार
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।
राति: देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।
सोमबार
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही देशका तराईका भू-भागहरूमा र पश्चिमी नेपालमा बिहानीपख मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ। दिउँसोपख मध्य भू-भागका केही क्षेत्र बाहेक देशका अन्य भू-भागहरूमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।
राति: देशका पूर्वि र मध्य भू-भागमा सामान्य देखि पूर्ण बदली रही देशका पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। मध्य र पू्र्व केही स्थानहरुमा र पश्चिमका एक-दुई स्थानहरूमा वर्षाको सम्भावना रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४