मंगलबार, साउन २६, २०८३

ओली सर्वसत्तावादको बाटोमा : कमल थापा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार सर्वसत्तावादतर्फ उन्मुख रहेको आरोप लगाएका छन्। 

शुक्रबारबाट काठमाडौंमा सुरु भएको पार्टी केन्द्रिय कार्यसमितिको विस्तारित बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै थापाले सरकारले सत्ता, शक्ति र राज्य स्रोतलाई कब्जामा लिएर जनमतको अपमान गरिरहेको दाबी गरे।

सरकारले मिडिया, मानव अधिकार आयोग, न्यायालय सबैमाथि हस्तक्षेप गरिरहेको अध्यक्ष थापाले बताए।

थापाले सरकार सामू निरिहता प्रकट गरेको भन्दै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको पनि चर्को आलोचना गरे। उनले सरकार र प्रमुख प्रतिपक्षी कांग्रेसले सहमतिमै मुलुकमा लुटतन्त्र मच्चाउने काम गरिरहेको आरोप लगाए।

अध्यक्ष थापाले चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर सरकारले मुलुकलाई दुष्चक्रमा फसाउन खोजेको बताए। उनले सरकारलाई चन्द नेतृत्वको नेकपालाई वार्तामा ल्याएर समस्या समाधान गर्न पनि आग्रह गरे।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।