काठमाडौं - प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफ्नो नेताको हत्या विरुद्ध पुनः बन्दको आह्वान गरेका छन्।
एक महिनाअघि भोजपुरमा आफ्ना नेता तीर्थराज घिमिरे मारिएको विरोधमा विप्लवले बन्द गरेको थियो। बन्दको पूर्वसन्ध्यामा काठमाडौंसहित विभिन्न स्थानमा वंम विस्फोट हुँदा विप्लवकै आधा दर्जन कार्यकर्ता मारिएका थिए।
बिहीबार सर्लाहीका जिल्ला इन्चार्ज कुमार पौडेलको हत्याको विरोधमा विप्लवले पुनः बन्दको आह्वान गरेको छ। विरोधको कार्यक्रम अन्तरगत विप्लवले असार ७ गते प्रचार प्रसार, ८ गते कोणसभा, ९ गते मसाल जुलुस र १० गते बन्द आह्वान गरेको छ।
बन्द आह्वानसँगै विप्लवले आफ्नो कार्यकर्तालाई रक्षामा सक्रिय रहन निर्देशनसमेत दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४