जनकपुरधाम – पाँचौं अन्तर्राष्ट्रिय योग दिवस जनकपुरमा भव्यताका साथ मनाइएको छ। पतन्जली योग समिति प्रदेश २ को आयोजनामा जनकपुरको जानकी मन्दिर प्राङ्गणमा योग दिवस मनाइएको हो।
योग दिवसको कार्यक्रममा उपप्रधानमन्त्री उपेन्द्र यादव, प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ, मुख्यमन्त्री लालबाबु राउत, जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासलगायतका विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो। यसका साथै योग शिविरमा भण्डै दुई हजार सर्वसाधारणहरु समेत सहभागी भएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले मानसिक तनाव गर्न योगको भूमिका महत्वपूर्ण रहेको बताए। मानसिक र शारीरिक रुपमा स्वस्थ्य रहन हरेक व्यक्तिले नियमित योग गर्नुपर्नेमा उनले जोड दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४