काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वस्थ मानसिकताबाट बच्न सबैले योग गर्नुपर्ने बताएका छन्।
अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले समय निकालेर हरेक मानिसले दैनिक रुपमा योग गर्नु स्वास्थ्यका लागि उपयोगी हुने बताए।
'योगको अभ्यास भाषा र लिपी सुरु हुनु भन्दा धेरै अघिबाट सुरु भएको हो ', प्रधानमन्त्री ओलीले भने. 'मानिस स्वास्थ्य रहनका लागि योगको निरन्तरता जरुरी छ।'
प्रधानमन्त्री ओलीले नेपालमा योगको अभ्यास परम्परागतकाल देखि हुँदै आएका प्रमाणहरु धेरै भेटिएको बताए। 'हामीले पाँच/छ हजार वर्ष पहिलेका मूर्तीहरु हेर्यौं भने पनि योगका विभिन्न आशनमा देखिन्छन्।', प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री ओलीले नेपालको कोशी किनारमा बेदका ऋचाहरुको रचना भएको उल्लेख गरे। 'यस्तो ज्ञान भूमीमा बस्ने हामीहरु केही समयपछि पछि परेका हौं तर अब त्यो अवस्था रहदैन।' प्रधानमन्त्री ओलीले भने। लोभ, मोह र क्रोधबाट मानिस मुक्त हुनका लागि पनि योग र नियमित ध्यान गर्नु उपयुक्त हुने उनले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४