मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'मिडिया विधेयकविरुद्ध अन्तर्राष्ट्रिय मिडिया मिसन ल्याउँछौं' 

'मिडिया विधेयकविरुद्ध अन्तर्राष्ट्रिय मिडिया मिसन ल्याउँछौं' 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी - नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले सरकारले ल्याएको मिडिया विधेयकविरुद्ध अन्तर्राष्ट्रिय मिडिया मिसन ल्याएरै छोड्ने बताएका छन्। नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको धनगढीमा शुक्रबार प्रथम साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन्।
 
सरकारले संविधानको मर्म र भावना विपरित पत्रकारको घाँटी निमोठिने गरि ल्याएको मिडिया विधेयक सरकारले फिर्ता नलिएकाले अन्तरर्राष्ट्रिय मिडिया मिसन ल्याउनुको विकल्प नभएको उनले दोहोर्‍याए। नियतवस गलत लेख्ने पत्रकारलाई  कानुन अनुसार कारबाही हुनुपर्ने कुराको पक्षमा महासंघ रहेको भन्दै महासचिव बिष्टले सरकारले आफ्नाविरुद्ध नलेखुन भनेर पत्रकार तर्साउने कानुन ल्याउन लागेको बताए।

मिडिया विधेयकका विरुद्धमा संयुक्त राष्ट्रसंघसँग महासंघको छलफल चलिरहेकाले अन्तर्राष्ट्रिय मिडिया मिसन संयुक्त राष्ट्रसंघकै नेतृत्वमा आउने बताए। 'मिडिया विधेयकमा भएका व्यवस्थाका बारेमा बुँदा बुँदामा छलफल गर्न हामी तयार छौं', बिष्टले भने 'तर सरकारको निकै ठूलो दम्भ र अहंकार छ। उ हामीसंग छलफलसमेत गर्न चाहँदैन।' 

समाचार लेखेकै कारणले एउटा पत्रकारलाई ज्यान मार्ने अपराधि भन्दा बढी जेल सजायको व्यवस्था गरेको भन्दै बिष्टले यस्तो गलत विधेयककाविरुद्ध जस्तोसुकै आन्दोलन गर्न पनि पछि नपर्ने बताए। कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले सरकारले दुईतिहाईको दम्भमा नेपाली मिडियाजगतको घाटी निमोठिने गरि कानुन ल्याउन लागेको बताए। यसकाविरुद्ध नेपाली पत्रकार मात्र नभएर सचेत वर्ग सबै लाग्नुपर्नेमा जोड दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।