काठमाडौं - तरकारी बोकेको जिप दुर्घटना हुँदा धादिङमा पाँच जनाको मृत्यु भएको छ। धादिङको गल्छी गाउँपालिका वडा नं ६ बाँझगाउँमा बा १८ च ९४०८ नम्बरको जीप दुर्घटना भएको हो।
गल्छी गाउँपालिका वडा नं ५ को सिरुवारीबाट बैरेनीतर्फ जाँदै गरेको जीप दुर्घटना भएको अनियन्त्रित भई पल्टिएको बैरेनी प्रहरी चौकीका प्रहरी नायव निरीक्षक जनक बस्नेतले जानकारी दिए।
उनका अनुसार दुर्घटनामा गल्छी गाउँपालिका वडा नं ६ का २५ वर्षीय नानु तामाङ, सोही ठाउँका ३० वर्षीय कान्छी भुजेल, गल्छी गाउँपालिका वडा नं ४ का ३८ वर्षीय सेते मिजार, सोही ठाउँका २५ वर्षीय राजु रम्तेलको घटनास्थलमा नै मृत्यु भएको छ।
२१ वर्षीय समिक्षा अधिकारीको उपचारका लागि लग्दै गर्दा बाटोमा मृत्यु भएको बस्नेतले जनाए। दुर्घटनामा अन्य १० जना घाईते भएका छन् । प्रहरीका अनुसार घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि काठमाडौं रेफर गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४