काठमाडौं - पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले बैंकहरु आधुनिक सुदखोरका रुपमा देखापरेको बताएका छन्। डा.भट्टराइले प्रतिनिधिसभामा बजेटमाथि भएको छलफलमा पछिल्लो समय बैंकहरु बढी व्याज लिने आधुनिक सुदखोरको रुपमा उदाएको दाबी गरे।
उनले भने, “पहिले धनी मानिसहरु गरिबलाई बढी व्याजमा रकम दिन्थे तर अहिले बैंकहरु धेरै व्याज लिएर संस्थागत रुपमा व्याजखोर (सुदखोर) को रुपमा उदाएका छन्।”
उनले बैंकिङ प्रणालीलाई सुधार गर्नेगरी बजेट आउनुपर्नेमा त्यसरी नआएको बताउँदै बैंकिङ प्रणालीमा असर गरे समग्र अर्थतन्त्र नै खतरामा पर्ने बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४