मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘हत्या’ को बदला लिने विप्लवको चेतावनी, संसदमा सरकारसँग जवाफ माग

‘हत्या’ को बदला लिने विप्लवको चेतावनी, संसदमा सरकारसँग जवाफ माग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सरकारसँग बदला लिने चेतावनी दिएको छ। पार्टीका सर्लाही जिल्ला इन्चार्ज एवं जनकपुर ब्यूरो सदस्य कुमार पौडेलको हत्या सरकारले योजनाबद्ध रुपमा गरेको भन्दै बदला लिने चेतावनी दिएको छ।

विहीबार पौडेलको मृत्युपछि प्रेस विज्ञप्ति जारी गर्दै जनकपुर ब्यूरोका इन्चार्ज अरुणले सरकारसँग बदला लिने चेतावनी दिएको हो।

यसैबीच शुक्रबार संघीय संसदको प्रतिनिधि सभामा घटना बारे सरकारसँग जवाफ माग गरिएको छ। सत्तारुढ दल नेकपाकै सांसद शिवकुमार मण्डलले घटनाबारे संसदलाई जानकारी गराउनु पर्ने बताएका छन्।

‘निहत्था जनता मार्ने कामले राष्ट्रलाई राम्रो गर्दैन, जनतालाई पनि राम्रो गर्दैन। त्यो घटनाको सत्यतथ्य के हो, गृहमन्त्रालयमार्फत सदनलाई जानकारी होस्।’ सांसद मण्डलले भने, ‘निशस्त्र व्यक्तिहरूलाई मार्ने कुराले राज्यप्रतिको प्रश्न अत्यन्त संवेदनशील र गम्भीर बन्दै गएको छ।’ विप्लव समूह राजनीतिक समूह भएकाले राजनीतिक रूपमा समस्याको समाधान गर्नुपर्ने उनले बताए। 

लालबन्दी नगरपालिकाको वडा नम्बर १ स्थित लखनदेई नदी नजिक प्रहरीको गस्ती टोलीमाथि चार–पाँच जनाको समूहले आक्रमण गरेको र जबाफी कारबाहीमा पौडेलको घटनास्थलमै मृत्यु भएको प्रहरी भनाई छ। 

मृत्यु भएका पौडेल सर्लाहीको बागमती नगरपालिका–२ धरहराका स्थायी बासिन्दा हुन् भने विप्लव समूहमा लाग्नुअघि उनी चुरे भावर पार्टीसँग आबद्ध थिए। नेकपा माओवादी फुटेपछि उनी मोहन वैद्यसँग आबद्ध भए। नेत्रविक्रम चन्दले नेकपा गठन गरेपछि उनी सर्लाही जिल्ला इन्चार्जका रुपमा काम गर्दै आइरहेको बताइन्छ।

विप्लव नेतृत्वको नेकपाले १६ जेठमा नेपाल बन्दको घोषणा गरेको दिन सर्लाहीको बागमती नगरपालिकासहित हरिपुर र ईश्वरपुर नगरपालिकामा बमसमेत राखेको थियो।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।