मंगलबार, साउन २६, २०८३

सीमा क्षेत्रबाट लागुऔषधसहित दुई पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

परासी- परासी ठूलो परिमाणमा लागुऔषधसहित पश्चिम नवलपरासी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

प्रहरी चौकी गेरमीबाट खटिएको प्रहरी टोलीले जिल्लाको पाल्हीनन्दन–५ चमनटोलस्थित भारतीय सीमाक्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रामग्र्राम नगरपालिका–३ बस्ने वर्ष २५ को लक्षु लोहार र रामग्राम–८ बस्ने वर्ष ३८ का राकेशकुमार भन्ने बुद्ध देवदत्त रहेका छन्।

भारतबाट पैदल नेपाल आइरहेका उनीहरुको झोला जाँच गर्ने क्रममा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार उनीहरुको साथबाट डाइजोपाम, फेनरागन र बुप्रेनोफ्रिन दुई÷दुई एमएलको १००/१०० एम्पुल गरी कूल ३०० एम्पुल लागुऔषध बरामद भएको हो। 

उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको उपरीक्षक थापाले बताए। रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।