काठमाडौं- दिगो विकास लक्ष्य हासिल गर्नका लागि ३ खर्ब ३ अर्ब अमेरिकी डलर अर्थात ३३६ खर्ब ३३ अर्ब रुपैयाँ बराबरको लगानी आवश्यक पर्ने देखिएको छ ।
राष्ट्रिय योजना आयोगले शुक्रबार गरेको कार्यक्रममा यदी दिगो विका लक्ष्य प्राप्ति गर्ने हो भने सो रकम बराबरको लगानी आवश्यक पर्ने जानकारी दिएको छ ।
संयुक्त राष्ट्रसंघले दिगो विकास लक्ष्य प्राप्तिका लागि सन् २०३० सम्मको अवधि तोकेको छ । आयोगले निर्धारित लक्ष्य हासिल गर्न प्रत्येक वर्ष २० खर्ब २५ अर्ब रुपैयाँ बराबरको रकम खर्च गर्नुपर्ने जानकारी दिएको छ ।
दीगो विकास लक्ष्य हासिल गर्न आवश्यक रकमध्ये वार्षिक करिव ६ अर्ब अमेरिकी डलर अर्थात् ६ खर्ब ६६ अर्ब रुपैयाँ लगानी अपुग (फन्डिङ ग्याप) हुने अनुमान योजना आयोगको छ।
आयोगका अनुसार दिगो विकास लक्ष्य हासिलका लागि ५५ प्रतिशत रकम नीजी क्षेत्रको लगानी आवश्यक रहेको छ ।
राज्यसँग उपलब्ध र बिनियोजित स्रोतले ७५ प्रतिशत रकम पुग्ने र बाँकी २५ प्रतिशत रकम अपुग हुने अवस्था आएको योजना आयोगका सदस्य शुशील भट्टले सो कार्यक्रममा जानकारी दिए । उनले अपुग रकमको लागि लगानी बोर्डजस्ता संस्थाहरु लगानी भित्र्याउन सक्रिय हुनुपर्नेमा जोड दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४