मंगलबार, साउन २६, २०८३

योग दिवस मनाउन मन्त्री र राजदुत एउटै र्‍यालीमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आज पाँचौं अन्तर्राष्ट्रिय योग दिवस, विभिन्न कार्यक्रम गरि विश्वभरि मनाइदै छ । नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

काठमाडौंको रत्नपार्कबाट राष्ट्रिय सभा गृहसम्म र्‍यालीको आयोजना गरिएको छ । उक्त  र्‍यालीमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल, नेपालका लागि भारतीय राजदूत मञ्जिबसिंह पुरीलगायत सर्वसाधारणको उल्लेख्य उपस्थिती रहेको थियो। 

मन्त्री र राजदुत एउटै  र्‍यालीमा सहभागी भएर योग दिवसको प्रचारसमेत गरेका छन् । योगलाई  शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा शान्त र आधात्मिक चेतका साथ जिउन सिकाउने कलाको रुपमा चिनिन्छ । 

जुन महिनाको २१ तारिखलाई अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तराष्ट्रिय योग दिवसका रुपमा मनाउन शुरु गरेको हो । 

अन्तराष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेका थिए । त्यो प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले समर्थन गरेका थिए । 

अहिले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवशको रुपमा मनाउने प्रस्तावलाई विश्वका धेरै देशहरुले पनि समर्थन गरिसकेका छन् । संयुक्त राष्ट्रसंघले योगलाई शताब्दी विकासको सुचकाङ्कका रुपमा समेत राखेको छ । 

बदलिँदो जीवनशैली, गलत खानपानका साथमा शरीरमा आवश्यक पोषण व्यायामको कमीले विभिन्न रोगको सिकार पनि भैरहेका छन् । योगले मानिसको  जीवन शैली अनुशासित बनाउन साथै शारीरिक र मानसिक रुपमा चुस्त राख्न मद्दत गर्ने विश्वास गरिन्छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।