मंगलबार, साउन २६, २०८३

रसुवागढी सुरुङमा थुनिएका १७ मजदुरकै सकुशल उद्धार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

रसुवा- निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा थुनिएका १७ मजदुरहरुको सकुशल उद्धार गरिएको छ ।

बिहीबार साँझ साढे ८ बजे पहाडबाट सुक्खा पहिरो झरेर सुरुङको प्रवेश मार्ग पहिरोले पुरिँदा १७ मजदुर थुनिएका थिए । 

ठाउँ ठाउँमा खसेको पहिरोका कारण बिहीबार नै उद्धार गर्न नसकेपछि उद्धार टोली रित्तै फर्किएको थियो । शुक्रबार बिहान ६ बजेबाट पुन थालिएको उद्धारको प्रयास करिब ढेड घण्टापछि सफल भएको हो ।
 
उद्धार टोलीले १७ जनाको नै सकुशल उद्धार गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए । सुरुङभित्र ११ नेपाली र ६ चिनियाँ मजदुर फसेका थिए । उद्धार गरिएकामध्ये सबैको अवस्था सामान्य रहेको र एक जना नेपाली कामदारलाई सामान्य चोट लागेको उनले जानकारी दिए ।
 
पहिरो गएलगत्तै उद्धारका लागि नेपाल प्रहरीको सात, सेनाका १२ र सशस्त्र प्रहरीका २० गरी ३९ जनाको टिम खटिएको थियाे ।

माटो र ढुंगा झरेकाले बाटो अवरुद्ध भएको तथा विद्युत् आपूर्ति पनि बन्द भएकाले बिहीबार राति मजदुरहरूलाई बाहिर निकाल्न कठिन भएको प्रहरीले जनाएको थियो । सोहि टोलीले शुक्रबार बिहान उनीहरुलाई सकुशल बाहिर निकालेको हो ।
 
नेपाल–चीन सीमा क्षेत्रमा रसुवागढी नाकानजिकै रहेको यो जलविद्युत् आयोजना १ सय ११ मेगावाटको रहेको छ  । यो क्षेत्र गोसाइँकुण्ड गाउँपालिका–२, तातोपानी क्षेत्रबाट करिब सय मिटरमाथि पर्छ । यो आयोजनाको सुरुङ निर्माण भइरहेको छ । 

चिलिमे जलविद्युत् आयोजनाको सहायक कम्पनीका रूपमा रसुवागढी जलविद्युत् आयोजना स्थापना भएको हो । चिलिमेले यबिाहेक साञ्जेन र मध्यभोटेकोसीको आयोजना पनि बनाउँदैछ । 

रसुवागढी जलविद्युत् आयोजनाको सुरुवातमै ०७२ वैशाखमा भूकम्प जाँदा पहिरोले एकजनाको ज्यान गएको थियो । भूकम्पले आत्तिएर चीन गएका ठेकेदारलाई फर्काउन लामो समय लागेको थियो । चीनको सिडब्लुई कम्पनीले यो आयोजनाको निर्माण गरिरहेको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।