मंगलबार, साउन २६, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आज असार ०५ गते बिहीबार कहाँ के–के भयो ? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

कर्णाली जिप दुर्घटनामा बेपत्ता भएकाको पुत्ला बनाएर दाहसंस्कार

गत मंगलबार हुम्लामा भएको जिप दुर्घटनामा परी वेपत्ताहरुको पुत्ला बनाएर आज (बिहीबार) अन्तिम दाहसंस्कार गरिएको छ।


पशुपतिनाथको लालपूर्जा सरकारको कब्जामा !

सरकारले पशुपतिनाथको मूल मन्दिर रहेको जग्गाको समेत लालपूर्जा नदिएको खुलासा भएको छ ।

मनसुन शुरुः देशभर फैलिन केही दिन लाग्ने

नेपालमा आजदेखि मनसुन शुरु भएको छ। 


प्रतिपक्षले जलायो रातो किताब

सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका प्रदेश सासंदहरुले रातो किताब जलाएका छन्।


को हुन् प्रहरी भिडन्तमा मारिएका पौडेल ?

सर्लाहीको लालबन्दीमा प्रहरीसँगको भिडन्तमा विपल्व नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज मारिएका छन्।


हावाले उडाउँछ कर्णालीको बिजुली

गत जेठ २५ गते आएको हावाहुरीले कोहलपुर–सुर्खेत विद्युत् प्रसारण लाइनका १७ वटा पोल ढाल्यो।


इरानले खसाल्यो अमेरिकी ड्रोन, वासिङ्टनद्वारा पुष्‍टि

स्ट्रेइट अफ होर्मुजमाथिको अन्तर्राष्ट्रिय आकाशमा रहेको अमेरिकी सेनाको एउटा ड्रोनलाई इरानले जमिनबाट क्षेप्यास्त्र प्रहार गरेर खसालिदिएको अमेरिकी अधिकारीहरूले जनाएका छन्।


बजेटपछि पहिलोपटक बढ्यो नेप्से

आगामी आर्थिक वर्षको लागि सरकारले बजेट प्रस्तुत गरेयता निरन्तर घटीरहेको सेयर बजार परिसूचक बिहीबार बढेको छ। 


काठमाडौं महानगरको योजना : आगामी वर्षदेखि विद्युतीय बस सेवा

काठमाडौं महानगरपालिकाले आगामी वर्षदेखि काठमाडौंमा विद्युतीय बस सञ्चालनमा ल्याउने घोषणा गरेको छ।


प्रहरी र विप्लव कार्यकर्ताबीच झडप, सर्लाही जिल्ला इन्चार्ज मारिए

सर्लाहीको लालबन्दीमा नेपाल प्रहरी र विप्लव समूहबीच गोली हानाहान भएको छ। 


सुन हालसम्मकै महंगो, तोलाको ६४ हजार

सुनको मूल्य हालसम्मकै उच्च भएको छ। 


गच्छदार भन्छन्, दुई तिहाईको सरकार छ, म प्रधानमन्त्रीकाे राजीनामा माग्दिन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका उपनेता बिजयकुमार गच्छदारले गुठी विधेयकका सम्बन्धमा प्रधानमन्त्रीले नैतिक जिम्मेवारी लिदै राजीनामा दिन तयार हुनुपर्ने बताएका छन्।


बजेट नदिएको भन्दै सत्तारुढ सांसदद्वारा अर्थमन्त्रीको राजीनामा माग

संघीय संसदको प्रतिनिधिसभा सदस्य रेणुका गुरुङले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गरेकी छन्।


मकाउमा जिपी कोइराला फाउन्डेसन

मकाउमा गिरिजाप्रसाद कोइराला फाउन्डेसन स्थापना भएको छ। 


प्रचण्ड भन्छन् : बजेट पारित भएपछि मन्त्रिमण्डल हेरफेर 

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्मा पेस गरिएको आगामी आर्थिक वर्षको बजेट पारित भएपछि मन्त्रिमण्डल हेरफेर हुने बताएका छन्।


उपत्यकाबाट विप्लवका पाँच नेता पक्राउ 

राजधानीका विभिन्न स्थानबाट प्रहरीले नेत्र विक्रम चन्द विप्लव समुहका पाँच नेतालाई पक्राउ गरेको छ। 


कांग्रेसको युरोप भेला : ओली घेर्ने रणनीति !

प्रमुख प्रतिपक्षी कांग्रेस नेताकार्यकर्ता डेनमार्कको कोपनहेगनमा भेला भएका छन्।


अनुमतिविना गैरसरकारी संस्थाले कार्यक्रम सञ्चालन गर्न नपाउने 

सरकारले अनुमतिविना स्थानीय तहमा कुनै पनि कार्यक्रम संचालन नगर्न गैरसरकारी संस्थाहरुलाई प्रतिबन्ध लगाउने भएको छ।


माधवको विश्‍लेषण : प्रचण्ड निरीह, ओली एकलकाटे

गुनासो बोकेर आउने ओली तथा प्रचण्डलाई वरिष्ठ नेता नेपालले ६ वटा सुझाव दिएका छन् । 

स्थानीयले फर्काइदिए मेलम्ची खानेपानीका ठेकेदारलाई

मेलम्ची खानेपानी आयोजनाको ठेक्का प्राप्त गरी काम गर्न पुगेको कम्पनीलाई स्थानीय ठेकेदारले फर्काइदिएका छन् ।


सेनापतिको चीन यात्रा : साढे दुई अर्बको सैन्य सहयोगमा हस्ताक्षर 

चीनले नेपाली सेनालाई १५० मिलियन आरएमबी बराबरको सैन्य सहयोग उपलब्ध गराउने भएको छ । 

मोटरसाइकल दुर्घटनामा वडाध्यक्षको मृत्यु

बैतडीको पुर्चौडी नगरपालिकाका–४ का वडाध्यक्ष गौतमप्रसाद भट्टको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ। 


जनकपुरमा ९ वटा ग्यास सिलिण्डर विस्फोट

जनकपुरस्थित एक होटलमा एकाबिहानै आधा दर्जनभन्दा बढी ग्यास सिलिण्डर विस्फोट हुँदा तीन होटल जलेर पूर्णरुपमा नष्ट भएको छ ।


सुन काण्डमा मुछिएका यी ५ न्यायाधीशले पाए सफाइ

३८ सय किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा मुछिएका आठ न्यायाधीशमध्ये पाँच न्यायाधीशले सफाइ पाएका छन्।

युवतीहरुमाथि श्रृंखलाबद्ध ‘सिरिन्ज’ आक्रमण

पछिल्लो डेढ महिनामा काठमाडौंको डल्लु क्षेत्रमा चार युवतीमाथि ‘सिरिन्ज’ आक्रमण भएको छ ।

अस्पतालभित्रै गोली हानाहान, ५ जनाको मृत्यु

दुई समूहबीचको विवाद चुलिएपछि अस्पताल भित्रै गोली हानाहान भएको छ । 

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।