शनिबार, असोज १७, २०८३

अब भारतसँग सातामा ३ वटा उडान

सोमबार मन्त्रिपरिषद्‍को बैठकपछि सरकार प्रवक्तासमेत रहेका कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले भारतसँग एयरबबल मार्फत् सातामा तीन उडान हुने जानकारी दिएका हुन्।
 |  मंगलबार, साउन ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ५, २०७८

काठमाडौं- सरकारले भारतमा सातामा तीन वटा हवाइ उडान गर्ने भएको छ। कोरोनाको संक्रमण न्यूनीकरण गर्नका लागि गरिएको निषेध आदेशपछि सातामा एक हवाइ उडान हुने गरेकाले अब सातामा तीन उडान गर्ने गरी निर्णय गरिएको हो। 

सोमबार मन्त्रिपरिषद्‍को बैठकपछि सरकार प्रवक्तासमेत रहेका कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले भारतसँग एयरबबल मार्फत् सातामा तीन उडान हुने जानकारी दिएका हुन्। सम्बन्धित देशका नागरिकलाई मात्र हवाई सेवा प्रदान गरिने उडानलाई एयर बबल भन्ने गरिन्छ। 

'भारतसँग हवाइ सम्झौताअनुसार हप्तामा एउटा उडान हुने गरेको थियो। अब त्यसलाई तीन वटा पुर्‍याउने निर्णय भएको छ,' उनले भने। 

भारत र नेपाल दुवै देशका एक-एक वायुसेवा कम्पनीले यसअघि सातामा एकएक उडान गर्दै आएका थिए। कोरोना संक्रमण विस्तार कम हुँदै गएको अवस्थामा निषेध आदेशको स्वरूप परिवर्तन गरिएपछि सरकारले एयर बबलको संख्या बढाएको हो। अब भारत र नेपाल दुवै देशका वायुसेवा कम्पनीले सातामा ३-३ वटा उडान गर्न पाउने छन्। 

प्रकाशित: Jul 20, 2021| 14:51 मंगलबार, साउन ५, २०७८
प्रतिक्रिया दिनुहोस्