मंगलबार, साउन २६, २०८३

एनवीएले माग्यो विशेष छुटसहितका सुविधा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकललाई मौद्रिक नीतिमा आफ्ना मागहरु समेट्न पत्र लेखेका छन्। बुधबार राष्ट्र बैंकलाई पत्र लेख्दै बैंकर्स संघले मर्जर वा 'एक्वीजिसन' मा जान चाहनेको हकमा विशेष छुटसहितको विभिन्न प्रकारको सुविधाको माग राखेका हुन्। 

राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि मौद्रिक नीति जारी गर्दैछ। प्रत्येक वर्ष संघले आफ्नो तर्फबाट राष्ट्र बैंकलाई मौद्रिक नीतिमा आफ्ना माग समेट्न सुझाव दिने गरेका छन्। प्रत्येक वर्षको सुझावमा तरलताको अभाव समाधान हुनुपर्ने लगायतका माग हुने गरेका थिए। तर, यसपालि भने बैंकर्सहरुले आफंैले बाणिज्य बैंकको मर्जर वा एक्वीजिसनका लागि माग राखेका हुन्। 

सरकारले जेठ १५ गते ल्याएको आगामी आर्थिक वर्षको बजेटमा मर्जरमा जाने बैंक तथा वित्तिय संस्थाहरुको नाफामा तीन वर्षसम्म आयकर नलाग्ने जनाएको थियो। सरकारले बैंकहरु घटाउने नीति लिएपछि बैंकर्स संघले मर्जरमा जानको लागि विभिन्न माग अघि सारेको हो। बाणिज्य बैंकहरुलाई समेत मर्जरमा प्रोत्साहित गर्न केही नीतिगत छुटको व्यवस्था गरिनुपर्ने उनीहरुको माग रहेको छ। 

राष्ट्र बैंकले अहिले आगामी मौद्रिक नीतिका लागि सुझाव संकलन गरिरहेको छ। राष्ट्र बैंकलाई बैंकर्सको तर्फबाट सुझाव दिँदै संघले बाणिज्य बैंकहरुलाई पनि मर्जरमा जानको लागि थप छुटका व्यवस्थाहरु गर्नुपर्ने माग राखेका छन्। 

संघले मर्जर तथा एक्विजिसनमा जाने संस्थाको स्प्रेडदर ५ प्रतिशत कम्तीमा दुई बर्षसम्म बढाउन सक्ने, आधार दरमा छुट र सिसिडी अनुपात ८५ मा पुर्याउन माग गरेका हुन्। कृषि, उर्जा, पर्यटन लगायत क्षेत्रमा तोकिएको सीमासम्म ऋण नगए कम्तिमा केही वर्ष छुट दिनु पर्ने माग बैंकर्सको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्